एप्पलले भन्यो- हाम्रो एप स्टोरमा प्रतिस्पर्धीहरुलाई कुनै अवरोध छैन्

Technology Khabar १६ जेष्ठ २०७६, बिहीबार

एप्पलले भन्यो- हाम्रो एप स्टोरमा प्रतिस्पर्धीहरुलाई कुनै अवरोध छैन्

काठमाडौं ।

काठमाडौं । एप्पल इंकले सार्वजनिकरुपमा यसको एप स्टोरको बारेमा विरोधीहरुले आरोप लगाउँदै आएको विषयको प्रतिबाद गरेको छ । कम्पनीले हालै एक ब्लगपोष्टमार्फत एप स्टोरको कार्यहरु र गाइडलाइन सार्वजनिक गर्दै आफ्नो एप स्टोरको बारेमा सार्वजनिक भएका आरोपहरुको प्रतिबाद गरेको हो ।

एप्पलमाथि एप स्टोरमा भेदभाव गरेको आरोप स्पोटिफाइले लगाएको थियो भने कम्पनीले अप्रतिस्पर्धात्मक व्यवहार देखाएको भन्दै यूरोपेली युनियनमा उजुरी समेत गरेको थियो ।

कम्पनीले आफूले हालसम्म १२० बिलियन अमेरिकी डलर एप स्टोर डेभलपर्सलाई विश्वभर तिरेको भन्दै कम्पनीले एप स्टोरमा ८१ भाषामा ३ समय क्षेत्रहरुको प्रतिनिधित्व रहेको जानकारी दिएको छ । एप्पलकाअनुसार १ लाख एप्समध्ये प्रतेक साता ६ प्रतिशत एप्सहरुको रिभ्यू अपडेट हुने गरेको उल्लेख छ ।

स्पोटिफाइको आरोपमा केन्द्रित हुँदै कम्पनीले ३० प्रतिशत शुल्क कन्टेन्टमा आधारित सर्भिस प्रोभाइडरहरुलाई एप्पलको इन उप पर्चेज सिस्टम प्रयोग गरेबापत लिने गरिएको जानकारी दिएको छ ।

कम्पनीले आफ्नो प्राक्टिसको प्रतिरक्षा गर्दै डेभलपरहरुले आफैले कुनै मूल्य दरमा आफ्नो सेवा दिने भन्ने निर्णय गर्नसक्ने बताएको छ ।

हामी केबल डेभलपर्सबाट कमिसन संकलन गर्दछौं, जतिबेला एपमार्फत सेवा वा वस्तु डेलिभरी हुन्छ, एप्पलको ब्लगमा भनिएको छ ।

कम्पनीले सँधै सिकिरहेको र एप स्टोरलाई आफ्ना ग्राहकहरु तथा डेभलपर्सका लागि उत्कृष्ट अनुभव प्रदान गर्न चाहेको उल्लेख गरेको छ । साथै यो प्रतिबद्धताबाट कहिले नहट्ने जनाएको छ ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार

ताजा समाचार