गूगलको एप स्टोरमा गाँजा बेच्न नपाईने, मारिजुआना बिक्रीमा सहयोग गर्ने एप्सलाई प्रतिबन्ध

Technology Khabar १६ जेष्ठ २०७६, बिहीबार

गूगलको एप स्टोरमा गाँजा बेच्न नपाईने, मारिजुआना बिक्रीमा सहयोग गर्ने एप्सलाई प्रतिबन्ध
Global IME Bank

काठमाडौं ।

काठमाडौं । अल्फाबेट इन्कको कम्पनी गूगलले गाँजा तथा त्यो सँग सम्बन्धित उत्पादनहरु बेच्न सहयोग गर्ने एप्समा प्रतिबन्ध लगाएको छ । कम्पनीले हालै परिवर्तन गरेको नयाँ कन्टेन्ट पोलिसीलाई ध्यानमा राख्दै बुधबारदेखि गूगलको एप स्टोरमा मारिजुआना (गाँजा तथा भाँग) तथा सोसँग सम्बन्धित उत्पादनहरुमा प्रतिबन्ध लगाएको हो ।

गूगलका प्रवक्ताकाअनुसार डेभलपरहरुले नयाँ नीति पालन गर्न केबल एपभन्दा बाहिर सपिंग कार्टको अप्सन सार्न आवश्यक छ ।

गूगलले ग्राहकहरुलाई कुनै अवरोध नगरिकन नयाँ नियम परिवर्तनअनुसार कुनै प्राविधिक प्रश्नहरु भएमा जवाफ दिन र सहयोग गर्न धेरै डेभलपरहरुसँग काम गरिरहेको जानकारी दिएको छ ।

हालका एपहरुलाई ३० दिनको पोष्ट लन्चको अप्सन दिएको छ ।

गूगलको निर्णयले गैरकानूनी बजारलाई सहयोग गर्नेहुँदा यो उपयुक्त नभएको र गूगल, एप्पल र फेसबुकले आगामी दिनहरुमा सहि निर्णय गर्ने आशा रहेको एक मारिजुआना ढुवानी एप निर्माताले बताए ।

स्रोत

Sajilo Visa

प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया