सामसंग ग्यालेक्सी नोट १० मा ट्रिपल क्यामरा सेटअप हुने, रियर क्यामरा यस्तो डिजाइनमा

Technology Khabar १६ जेष्ठ २०७६, बिहीबार

सामसंग ग्यालेक्सी नोट १० मा ट्रिपल क्यामरा सेटअप हुने, रियर क्यामरा यस्तो डिजाइनमा

काठमाडौं ।

काठमाडौं । सामसंगले यहि वर्ष नोट सिरिजको नयाँ स्मार्टफोन ल्याउँदैछ । कम्पनीले ल्याउने नयाँ स्मार्टफोनको रियर क्यामरा डिजायनको बारेमा नयाँ रिपोर्ट आएको छ ।

सामसंगका स्मार्टफोनहरुमा अधिकांश रियर क्यामरा सेटअप बिचमा रहेको हुन्छ । कम्पनीले एस सिरिज र नोट लाइनअपहरुमा केहि वर्षदेखि बिचमा नै रियर क्यामरा राख्दै आएको छ ।

तर पछिल्लो दिनहरुमा क्यामरा र सेन्सरहरुको संख्या बढेसँगै त्यसलाई मिलाउने चुनौती समेत बढेको छ । यसैले गर्दा कम्पनीहरुले भर्टिकल डिजाइन प्रयोग गरिरहेका छन् ।

सामसंगले पनि पहिलो पटक नोट लाइनअपमा भर्टिकल अर्थात ठाडो क्यामरा सेटअप प्रयोग गर्ने भएको छ ।

हालै सार्वजनिक भएको रेन्डर पिक्चरकाअनुसार सामसंगले भर्टिकल सेटअपको रियर क्यामरा राख्ने भएको हो । सो फोनमा ट्रिपल क्यामरा सेटअप हुनेछ ।

Global Bank
easy care

प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार

ताजा समाचार