अमेरिकी सरकारको प्रतिबन्धमा ह्वावेले दायर गर्यो मुद्धा, प्रतिबन्ध असंवैधानिक भएको दाबी

Technology Khabar १५ जेष्ठ २०७६, बुधबार

अमेरिकी सरकारको प्रतिबन्धमा ह्वावेले दायर गर्यो मुद्धा, प्रतिबन्ध असंवैधानिक भएको दाबी

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेले अमेरिकी सरकारको प्रतिबन्ध विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ ।

ह्वावेले अमेरिकी प्रशासनले घोषणा गरेको यूएस डिफेन्स ल असंवैधानिक भएको भन्दै त्यसको लागि कानूनी उपचार खोज्दै कम्पनीले मंगलबार अमेरिकाको टेक्सासको पूर्वी जिल्लाको लागि रहेको जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

कम्पनीले सन् २०१९ नेशनल डिफेन्स अथोराइजेसन एक्टको घोषणा अमेरिकी संविधान विपरित भएको मुद्धामा उल्लेख गरेको छ । कम्पनीले सो प्रतिबन्ध गरिएको घोषणाले नेवटर्कलाई थप सुरक्षित नबनाउने भन्दै, त्यसले हाल भोगिरहेको साँच्चिकैको चुनौतीलाई सम्बोधन नगर्ने भन्दै सो प्रतिबन्ध घोषणालाई रोक गर्न समेत माग गरेको छ ।

‘अमेरिकाका राजनीतिज्ञहरुले राज्यको सबै शक्ति एउटा नीजि कम्पनीको पछाडि लगाएका छन्, यो सामान्य होईन, यस्तो इतिहासमा प्रायः कहिल्यै देखिएन्,’ ह्वावेका प्रमुख कानूनी अधिकारी सोंग लीउपिंगले भने ।

उनले अमेरिकी सरकारले हालसम्म ह्वावे सुरक्षा चुनौती भएको कुनै प्रमाण देखाउन नसकेको समेत दाबी गरेका छन् ।

ह्वावेले सो मुद्धामा अमेरिकी कमर्श डिपार्टमेन्टले जारी गरेको इन्टिटी लिस्टको बारेमा पनि उल्लेख गरेका छन् ।

‘यसले खतराजनक अभ्यास स्थापित गर्दछ, आज यो दूरसंचार र ह्वावेको लागि छ, भोलि तपाईँको उद्योग, तपाईँको कम्पनी, तपाईँको ग्राहकहरुलाई हुनसक्छ,’ उनले भनेका छन् ।

सो कानून अमेरिकी कंग्रेसले गत वर्ष पारित गरेको थियो जसको आधारमा अमेरिकी सरकारले चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनी ह्वावेलाई चिनियाँ सरकारसँग कम्पनीको सम्बन्ध भएको आरोप लगाउँदै कारोबारमा प्रतिबन्ध लगाएको थियो ।

तर विश्वको सबैभन्दा ठूलो टेलिकम नेटवर्क उपकरण निर्माता कम्पनी ह्वावेले भने अमेरिकाको सो आरोपलाई निरन्तर खण्डन गर्दै आएको छ ।

अदालतले ह्वावेले दायर गरेको मुद्धामा आगामी सेप्टेम्बर १९ तारिखमा सुनुवाई गर्ने मिति तोकेको छ ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार