सोनीको प्ले स्टेशन विरुद्ध मुद्धा, ग्राहकहरुलाई रकम फिर्ता नदिएको आरोप

Technology Khabar १५ जेष्ठ २०७६, बुधबार

सोनीको प्ले स्टेशन विरुद्ध मुद्धा, ग्राहकहरुलाई रकम फिर्ता नदिएको आरोप
NTC_Advt

काठमाडौं ।

काठमाडौं । ग्लोबल भिडियो गेम कम्पनी सोनी इन्टर्रयाक्टिभ इन्टरटेनमेन्ट यूरोप लिमिटेड विरुद्ध अष्ट्रेलियामा मुद्धा दायर भएको छ ।

कम्पनीले गलत प्लेस्टेशन गेम्सको लागि ग्राहकहरुलाई रकम फिर्ता नदिने बताएर अष्ट्रेलियाको उपभोक्ता कानून भंग गरेको भन्दै अष्ट्रेलियाको कन्जुमर वाचडगले दायर गरेको मुद्धामा भनिएको छ ।

सोनी कर्प जापानको यूनिट सोनी यूरोपले ग्राहकहरुलाई बिग्रेको गेम्स डाउनलोड गरेपछि रकम फिर्ता गर्न माग गर्दा नदिएको भन्दै अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन(एसीसीसी)ले दायर गरेको मुद्धामा भनिएको छ । त्यस्तो डाउनलोड खरिद गरिएको १४ दिनभन्दा बढि रहेको छ ।

सो कम्पनीले ग्राहकहरुलाई गेम डेभलपर, जुन छुट्टै संस्था रहन्छ, ले सो गेम गलत भएको नभनेसम्म रकम दिन नसक्ने बताएको नियमनकारी निकायले बताएको छ ।

जतिबेला सोनीले ग्राहकहरुलाई रकम फिर्ता दिने भन्यो, त्यसबेला कम्पनीले केबल स्टोर क्रेडिट मात्र दिनसकिने तर नगद नै फिर्ता गर्न नसकिने भनेको सो दायर मुद्धामा उल्लेख छ ।

उनीहरुको प्ले स्टेशनमार्फत बिक्री गरिएको गेम्ससँग सम्बन्धित अधिकारअन्तरगत सोनी यूरोपले आफ्ना ग्राहकहरुलाई गलत र भ्रामक सूचनाहरु दिएको एसीसीसीका अध्यक्ष रोड सिम्सले स्टेटमेन्टमा भनेका छन् ।

तर सो मुद्धामा एसीसीसीले कुन प्रकारको हानी नोक्सानी भयो भन्ने स्पष्ट पारेको छैन् । तर प्लेस्टेशनको भेण्डरले अष्ट्रेलियन यूजर्सको रकम फिर्ता पाउने माध्यममा व्यवहारिक बाधा गरेको दाबी गरिएको छ । एजेन्सी

प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार