Technology Khabar १४ जेष्ठ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । क्वालकमले लेनोभोसँगको सहकार्यमा पहिलो ५जी पर्सनल कम्प्यूटर लन्च गरेको छ । कम्पनीले पहिलो ७ नानोमिटर प्लेटफर्ममा आधारित स्न्यापड्रागन चीपसेटसहितको ल्यापटप लन्च गरेको हो।
कम्पनीले कम्प्यूटेक्स २०१९ को अवसर पारेर क्वालकमको अपटेरोन ८सीएक्स प्लेटफर्ममा संचालन हुने नोटबुक ल्याएको हो । यो ल्यापटपमा ५जी र ४जी कनेक्सन सपोर्ट गर्नेछ भने क्वालकमको क्रेयो ४९५ सिपियूका साथमा एड्रेनो ६८० जीपीयू रहेको छ।
क्वालकमकाअनुसार यसमा राखिएको ब्याट्रीले कयौं दिनसम्म ल्यापटप चलाउन सकिनेछ । ल्यापटपमा स्न्यापड्रागन एक्स५५ ५जी (Snapdragon X55 5G) मोडेम प्रयोग गरिएको छ, जसले २.५ जीबीपिएसको डाउनलोड स्पीड दिन्छ।
हाल क्वालकम र लेनोभोले घोषणा गरेको यो ल्यापटप प्रोटोटाइप मात्र रहेको छ। हाल दुबैले यसको बारेमा धेरै जानकारीहरु भने दिएका छैनन् । लेनोभोले यो ल्यापटप मास प्रडक्ट गर्नेछ र यो आगामी वर्षमात्र बजारमा उपलब्ध हुनेछ।
प्रोजेक्ट लिमिटलेस नाममा बनाएको यो ल्यापटप कहिले बजारमा आउँछ र यसको मूल्य कति हुनेछ भन्ने खुलाईएको छैन् ।
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार