ह्वावेसँग ५जीको १६ हजार बढि पेटेन्ट, सम्पूर्ण अमेरिकी कम्पनीको भन्दा धेरै भएको दाबी

Technology Khabar १३ जेष्ठ २०७६, सोमबार

ह्वावेसँग ५जीको १६ हजार बढि पेटेन्ट, सम्पूर्ण अमेरिकी कम्पनीको भन्दा धेरै भएको दाबी

काठमाडौं । ह्वावे टेक्नोलोजीजले सन् २०१८ मा ७२० विलियन यूआनभन्दा बढि आम्दानी गरेको जनाएको छ ।

ह्वावेले सोमबार चीनको गूयाङ्गमा आयोजित चाइनिज इन्टरनेशनल डाटा एक्सपोमा ह्वावे टेक्नोलोजीन कम्पनी लिमिटेडका भाइस प्रेसिडेन्ट लू योंगले अनुसन्धान तथा विकासमा मात्रै कम्पनीले १०० विलियन यूआन भन्दा बढि रकम खर्च गरेको जानकारी दिएका छन् ।

गत वर्ष ह्वावेको अनुसन्धान तथा विकासमा गरेको लगानी अन्य कम्पनीहरु इन्टेल र एप्पलको अनुसन्धान तथा विकासमाभन्दा बढि रहेको थियो ।

लु योंगले भने, ‘र्दिघकालमा मात्र, हामी उच्चस्तरको अनुसन्धान तथा विकासमा केन्द्रित भएर गरिएको लगानीले हामी निरन्तर हाई टेक इन्डष्ट्रिमा निरन्तर नेतृत्व गर्न सुनिश्चित हुनेछौं ।’
उनकाअनुसार ह्वावेले ५जी प्रविधिमा दर्ता गरेको पेटेन्ट अन्य सम्पूर्ण अमेरिकी कम्पनीहरुको पेटेन्ट भन्दा निकै धेरै रहेको छ ।

ह्वावेले मात्रै ५जी स्ट्याण्डर्ड पेटेन्टको लागि मात्रै १६ हजार वटा पेटेन्ट गर्दै विश्वमा पहिलो कम्पनी भएको उनले बताए । अमेरिकामा मात्र सबै कम्पनीहरुलको ५जी कोर पेटेन्ट १५ प्रतिशत भन्दा न्यून रहेको छ ।

चीनमा विश्वको सबैभन्दा ठूलो ४जी नेटवर्क रहेको भन्दै उनले ५जी नेटवर्कको क्षेत्रमा पनि विश्वको ठूलो देश बन्ने दाबी गरे । एजेन्सी

प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार

Comments are closed.

Loading...