नेपालको ९० प्रतिशत भूभागमा मोबाइल सेवा पुग्यो, इन्टरनेट पहूँच ५८.५९ प्रतिशत

Technology Khabar १३ जेष्ठ २०७६, सोमबार

नेपालको ९० प्रतिशत भूभागमा मोबाइल सेवा पुग्यो, इन्टरनेट पहूँच ५८.५९ प्रतिशत
गूगलबाट

काठमाडौं । नेपालको करिब ९० प्रतिशत भूभागमा मोबाइल सेवाको पहूँच पुगेको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार देशका ७७ जिल्लामा नै मोबाइल सुविधा पुगेको छ भने करिब ९० प्रतिशत भूभागमा मोबाइल सेवाको पहूँच पुगेको छ ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/२०७६ को माघ महिनासम्म मोबाइल फोन प्रयोगकर्ताको संख्या ३ करोड ७५ लाख ५९ हजार २ सय ८२ रहेको छ । त्यसैगरि २०७५/२०७६ को फागुनसम्म समग्र टेलिफोन प्रयोगकर्ताको संख्या ४ करोड ४ लाख ५७ हजार ४ सय ३१ पुगेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ को माघ महिनासम्म टेलिफोन घनत्व १३७.१७ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ५८.५९ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ ।

सूचना प्रविधिको क्षेत्रमा राष्ट्रिय विद्युतीय भुक्तानी प्रणालीको लागि सूचना प्रविधि पूर्वाधार तयार भएको छ भने नेपाल सरकारको केन्द्रीय इमेल प्रणाली संचालन गर्न सूचना प्रविधिको पूर्वाधार जडान गरी संचालन आएको सर्वेक्षणमा लेखिएको छ ।

हेटौंडामा डाटा रिकभरी सेन्टर निर्माण गरिएको तथा राजपत्रलाई सबैको पहूँचमा पुर्याउन नेपाल गजेट नामक मोबाइल एप प्रयोगमा ल्याईएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक सर्वेक्षणको मूल कपी यहाँ पिडिएफमा उपलब्ध छ –

आर्थिक-सर्वेक्षण-२०७५-७६_20190527083618

प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार

Comments are closed.

Loading...