एप्पल र ह्वावेका लागि आवश्यक ७ नानोमिटर प्लसको प्रोसेसर टिएसएमसीले उत्पादन गर्दै

Technology Khabar १३ जेष्ठ २०७६, सोमबार

एप्पल र ह्वावेका लागि आवश्यक ७ नानोमिटर प्लसको प्रोसेसर टिएसएमसीले उत्पादन गर्दै

काठमाडौं । प्रोसेसर निर्माता कम्पनी टिएसएमसीले आधिकारिकरुपमा सेभेन नानोमिटर प्लसको दोस्रो पुस्ताको प्रोसेसर बनाउन शुरु गरेको छ ।

कम्पनीले आधिकारिकरुमा सो जानकारी दिँदै पहिलो पटक ईयूभी लिथ्रोग्राफी प्रयोग गरेको उल्लेख गरेको छ ।

यो प्रोसेसर निर्माणका साथै ताइवानी चिपमेकर कम्पनीले इन्टेल र सामसुंगसँग प्रतिस्पर्धामा सहभागी भएको छ ।

टिएसएमसीले निर्माण गरेको प्रोसेसर ह्वावेका लागि पनि आपूर्ति हुनेछ भने नयाँ आउन लागेको किरिन ९८५ चीपसेटका लागि मेट ३० मा पनि प्रयोग हुनेछ ।

यसका साथै सेभेन नानोमिटर प्रोसेसर एप्पलको आइफोनमा प्रयोग हुने ए१३ चीपसेटमा पनि राखिने छ, यो चीपसेट एप्पलको सन् २०१९ मा आउने आइफोनहरुमा प्रयोग हुनेछ ।

टिएसएमसीले यसअघि नै अमेरिकी प्रतिबन्धका बाबजुद ह्वावेलाई चीपसेट उपलब्ध गराउने जानकारी दिईसकेको छ । यो कम्पनी ताइवानमा रहेको हुँदा यसलाई दुबै देशबाट कुनै असर हुनेछैन् ।

यसका साथै कम्पनीले आफ्नो नयाँ योजना पनि सार्वजनिक गरेको छ । जसमा ५ नानोमिटरको प्रोसेसर वेफरको उत्पादन छ जसमा ईयूभी टेक्नोलोजी प्रयोग हुनेछ जून प्रोसेसर २०२० को पहिलो चौमासिकमा उत्पादन शुरु हुनेछ ।

कम्पनीको पुरानो प्लान्टमा ३ नानोमिटर प्रोसेसरको लागि तयार गरिरहेको छ । एजेन्सी

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार

Loading...