ह्वावेका संस्थापकले भने- चीनले एप्पललाई प्रतिबन्ध लगाएमा विरोध गर्छु

Technology Khabar १३ जेष्ठ २०७६, सोमबार

ह्वावेका संस्थापकले भने- चीनले एप्पललाई प्रतिबन्ध लगाएमा विरोध गर्छु

काठमाडौं ।

काठमाडौं । अमेरिका र चीनबिचको व्यापार युद्ध र ह्वावेमाथिको प्रतिबन्धले दुई देशका टेक कम्पनीहरु समस्यामा पर्ने विश्लेषण भईरहेको छ । यसैबिच चिनियाँ टेक कम्पनी ह्वावेका संस्थापक तथा प्रमुख कार्यकारी रेन झेनफेईले एप्पलको विरुद्धमा आफ्नो कम्पनीको जस्तै प्रतिबन्ध चीनमा लागेमा विरोध गर्ने बताएका छन् ।

उनले आइफोन मेकर कम्पनीलाई चिनियाँ सरकारले प्रतिबन्ध लगाएमा सबैभन्दा पहिले आफूले विरोध गर्ने बताएका हुन् । उनले ब्लूमबर्गसँग कुरा गर्दै चीनले एप्पलको विरुद्ध प्रतिबन्ध लगाउने बारे सोधिएको प्रश्नको उत्तर दिँदै त्यसको विरोध गर्ने बताएका हुन् ।

‘पहिलो कुरा त एप्पलको विरुद्ध चिनियाँ प्रतिबन्ध हुनेछैन र यदि भईहालेमा पनि म विरोध गर्ने पहिलो व्यक्ति हुनेछु,’ रेनले भने, ‘एप्पल मेरो शिक्षक हो, यो नेतृत्वमा र एउटा विद्यार्थीको रुपमा किन म मेरो शिक्षको विरुद्धमा जान्छु ?’

उनले अमेरिकी सरकारले निर्यातमा रोक २ वर्षसम्म रोक लगाउन सक्ने बताउँदै, तर उनले कम्पनीले आफ्नो चीप आपूर्तिलाई तिब्र पार्ने र स्मार्टफोन तथा ५जीमा नेतृत्व गर्न अन्य विकल्पहरु प्रयोग गर्ने बताए ।

अमेरिकी सरकारले चिनियाँ टेक कम्पनी ह्वावेमाथि जासुसीको आरोप लगाउँदै व्यवसाय गर्न प्रतिबन्ध लगाएको थियो । सोहि कारणले विभिन्न अमेरिकन कम्पनीहरुले ह्वावेसँगको आफ्नो हार्डवेयर तथा सफ्टवेयर व्यापारमा रोक लगाएका छन् ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार

ताजा समाचार