अमेरिकी रियल स्टेट इन्स्योरेन्स कम्पनीको ८८ करोड ५० लाख ग्राहकको डाटा लीक

Technology Khabar १२ जेष्ठ २०७६, आईतवार

अमेरिकी रियल स्टेट इन्स्योरेन्स कम्पनीको ८८ करोड ५० लाख ग्राहकको डाटा लीक
Global IME Bank

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा ठूलो रियल स्टेट इन्स्योरेन्स कमपनी फस्ट अमेरिकन फाइनान्सियल कर्पका ग्राहकहरुको डाटा लीक भएको छ ।

कम्पनीको वेबसाइटबाट ग्राहकहरुको बारेमा रहेका संवेदनशिल जानकारीहरु बाहिर आएको हो । फस्ट अमेरिकन फाइनान्सियल कर्पकाअनुसार सन २००३ देखिका ग्राहकहरुका वित्तिय जानकारीहरु लीक भएको छ । जसमा ८८ करोड ५० लाख ग्राहकहरुको फाईल संख्या रहेको छ ।

कम्प्यूटर सुरक्षा र साइबर अपराधबारे जानकारी राख्ने वेबसाइट क्रेब्सअनसेक्यूरिटीकाअनुसार करोडौं मानिसहरुको डकुमेन्टहरु जसमा बैंक एकाउन्ट नम्बर, स्टेटमेन्टहरु, मोटगेज र ट्याक्स रेकर्ड, सोसियल नम्बर, वायर ट्रान्जेक्सन रिसिप्ट र ड्राइभर लाइसेन्स इमेजसहितका जानकारीहरु लीक भएको हो ।

रियल स्टेटको कारोबारको बीमाको क्षेत्रमा फस्ट अमेरिकन फाइनान्सियल प्रमुख र धेरै प्रयोग हुने कम्पनीहरुमध्ये एक हो ।

सो जानकारीहरु कम्पनीको वेबसाइटमा जसले पनि कुनै आधारबिना नै हेर्न सक्ने गरि रहेको थियो ।

तर हाल कम्पनीले ती जानकारीहरु हटाईसकेको बताएको छ । कम्पनीकाअनुसार सो लीक कम्पनीको पडक्सन एप्लिकेसनमा भएको त्रुटीका कारण भएको भन्दै सो एप्लिकेसनसम्मको पहुँचलाई बन्द गरेकोछ ।

फस्ट अमेरिकनले हाल सो घट्नाको असरको बरेमा अनुसन्धान गरिरहेको र त्यसको लागि फरेन्सिक फर्मलाई नियुक्त गरिएको जानकारी दिएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार