ह्वावेमा लागेको प्रतिबन्धको फाईदा उठाउँदै सामसंग, सिंगापुरमा मोबाइल एक्सचेन्ज अफर

Technology Khabar १२ जेष्ठ २०७६, आईतवार

ह्वावेमा लागेको प्रतिबन्धको फाईदा उठाउँदै सामसंग, सिंगापुरमा मोबाइल एक्सचेन्ज अफर

काठमाडौं ।

काठमाडौं । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसंगले ह्वावेमाथि लागेको अमेरिकी प्रतिबन्धको लाभ उठाएको छ । कम्पनीले सिंगापुरमा रहेको आफ्नो स्टोरमा नयाँ अभियान लन्च गर्दै चिनियाँ स्मार्टफोन मेकर ह्वावेका यूजरहरुलाई आकर्षित गर्ने प्रयास गरेको छ ।

जसले ह्वावेका स्मार्टफोनहरु प्रयोग गरिरहेका छन र अमेरिकी सरकारले लगाएको प्रतिबन्ध र गूगलको ह्वावेसँगको सहकार्यमा रोकपछि फोन प्रयोगमा समस्या हुने अनुमानले डराईरहेकाहरुलाई केन्द्रित गरेर सामसंगले नयाँ अभियान ल्याएको हो ।

सो अभियानअन्तरगत ह्वावेका यूजरहरुले सामसंग ग्यालेक्सी एस १० किन्न सक्नेछन् ।

कम्पनीकाअनुसार ह्वावेका केहि डिभाइसहरुको एक्सचेन्जमा ग्राहकहरुले सामसंगको ग्यालेक्सी एस १० स्मार्टफोन तत्काल लान सक्नेछन् ।

सामसंगले ह्वावेका पी २० प्रो, पी २०, मेट २० प्रो, मेट २० र नोभा थ्री आई स्मार्टफोनको भ्यालूएसन गरेर ग्राहकहरुले सामसंग ग्यालेक्सी एस १० लान सक्ने सुविधा दिएको छ।

यसबाहेक कम्पनीले सामसंगकै एस सिरिजका पुराना मोडलहरु, आइफोन एक्स र सेभेन प्लसमा पनि एक्सचेन्ज दिएको छ । सामसंगले यो अफर यहि मे २३ तारिखदेखि शुरु गरेको हो ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

ताजा समाचार