नोकियाद्धारा मलेशियाको यू मोबाइलसँग ५ जी नेटवर्क निर्माण सम्झौता

Technology Khabar १२ जेष्ठ २०७६, आईतवार

नोकियाद्धारा मलेशियाको यू मोबाइलसँग ५ जी नेटवर्क निर्माण सम्झौता

काठमाडौं ।

काठमाडौं । विश्वभर फाइभजी प्रविधिको परीक्षण र प्रयोगको लागि विभिन्न कम्पनीहरु अग्रसर हुँदै गएका छन् । ह्वावेसहित नोकिया, एरिक्सनलगायतले धमाधम ५जी नेटवर्क जोडिरहेका छन् ।

चिनियाँ कम्पनी ह्वावेलाई अमेरिकी प्रतिबन्ध लागेको छ भने अर्को कम्पनी नोकियाले मलेशियामा नयाँ सम्झौता गरेको छ ।

नोकियाले हालै यू मोबाइल मलेशियासँग ५जी नेटवर्क निर्माणको लागि सम्झौता गरेको छ जसले मोबाइल डाटा बिजनेसलाई मलेशियाभरी पुर्याउने तयारी गरेको छ ।

तीनवर्षे सम्झौता अन्तरगत नोकियाले सिंगल र्यान नेटवर्क मलेशियामा लगाउने छ भने माइक्रोवेभ र आईपीमा आधारित मोबाइल ट्रान्सपोर्ट टेक्नोलोजी पनि जडान गर्नेछ । यो नेटवर्क जडानले सो अपरेटरको रेडियो एक्सेस नेटवर्क शेयरिंग प्रोटोकलमा मात्र आधारित हुनपर्ने बाध्यतालाई अन्त्य गर्नेछ ।

यसबाहेक मलेशियामा दुई अन्य कम्पनीहरुले पनि ५जी नेटवर्कको परिक्षण गर्ने योजना लिएका छन जसले भीआर स्ट्रीमिंग र ईस्पोर्टसको लागि पनि ५जी प्रयोग गर्नेछन् ।

‘हाम्रो ५जी को रणनीतिक यात्रामा नोकियासँग काम गरिरहेका छौं । हामी यो वर्षको अन्त्यतिर विभिन्न किसिमका ५जी लाइभ नेटवर्कको परिक्षण नोकियासँग गर्नेछौं । हामीसँग यसअघि नै ५जीमा जानसक्ने नोकियाको टेक्नोलोजी छ । बेस स्टेशनहरु त्यसकारण परीक्षणको लागि तयार छन् ,’ यू मोबाइलका प्रमुख टेक्निकल अफिसरले भने ।

Global Bank
easy care

प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

ताजा समाचार