ओपेलको पहिलो इलेक्ट्रिक भेहिकल कोर्सा-ई, ८.१ सेकेण्डमा १०० किलोमिटर कुद्ने

Technology Khabar १२ जेष्ठ २०७६, आईतवार

ओपेलको पहिलो इलेक्ट्रिक भेहिकल कोर्सा-ई, ८.१ सेकेण्डमा १०० किलोमिटर कुद्ने

काठमाडौं ।

काठमाडौं । गाडि निर्माता ओपेलले कोर्साको आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल भर्सन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रिक भेहिकलको नाम कोर्सा-ई राखेको छ ।

ओपेलको कोसा-ई मा ५० किलोवाटको ब्याट्री राखिएको छ, जसले ३३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यो इलेक्ट्रिक भेहिकलको मुख्य विशेषतामा केबल ३० मिनेट चार्ज गर्दा यसको करिब ८० प्रतिशत क्षमता प्रदान गर्दछ । कम्पनीमा राखिएको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ ।

कोर्सा-ईले १३६ एचपी र २६० नानोमिटरको टर्क उत्पन्न गर्दछ । यो गाडिमा तीन किसिमको ड्राइभिंग मोडहरु नर्मल, ईको र स्पोर्टस रहेको छ ।

यो इलेक्ट्रिक कार केबल २.८ सेकेण्डमा ५० किलोमिटरको गतिमा कुद्न सक्दछ भने केबल ८.१ सेकेण्डमा १०० किलोमिटरको गतिमा कुद्छ ।

ओपेल कोर्सा ईमा ७ वा १० इन्चको स्याटेलाइट नेभिगेसन टचस्क्रीन राखिएको छ ।

पाँच सिटे यो गाडिमा रेस्पोन्सिभ र डाइनामिक ड्राइभिंग गर्न सकिने छ भने यसका सिटहरुलाई लेटर सिटको रुपमा बनाउन सकिने छ ।

ओपेलको सिस्टर ब्राण्ड भक्सहलले तयार पारेको यो कारले ईको मोडमा ४० प्रतिशत क्षमता वृद्धि हुने दाबी गरेको छ । कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन् ।

Global Bank
easy care

प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार