इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपमा विज्ञापन देखाउने कम्पनीको योजना

Technology Khabar ११ जेष्ठ २०७६, शनिबार

इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपमा विज्ञापन देखाउने कम्पनीको योजना

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपमा हालसम्म विज्ञापन आउने गरेको छैन् । तर अब कम्पनीले विज्ञापन दिने तयारी गरेको छ ।

ह्वाट्सएपको मूख्य कम्पनी फेसबुकले सन् २०२० देखि ह्वाट्सएपमा विज्ञापन दिने स्पष्ट पारेको छ ।

नेदरल्याण्डमा भएको वार्षिक मार्केटिंग समिटको समयमा फेसबुकले सन् २०२० देखि ह्वाट्सएपमा विज्ञापन दिने जानकारी दिएको हो । शुरुवातमा यूजर्सलाई ह्वाट्सएप स्टोरी सेक्शनमा विज्ञापन देखाईने कम्पनीको योजना रहेको छ । यसअघि नै इन्टाग्राममा यस्तै प्रकारको विज्ञापनहरु शुरु भईसकेको छ । यो इभेन्टमा कम्पनीले कसरी विज्ञापन देखाईन्छ भन्ने उदाहरण समेत देखाएको थियो ।

कम्पनीले ह्वाट्सएपमा विज्ञापन पुरै स्क्रीनमा देखाउने तयारी गरेको छ भने त्यसमा एउटा लिंक पनि हुनेछ । यसलाई स्वाइप गरेर सिधै विज्ञापनको लिंक भएको वेबसाइटमा जान सकिनेछ । यस्तो किसिमको विज्ञापन हाल इन्स्टाग्राममा देखिएको र प्रयोगमा आएजस्तै हुने बताईएको छ ।

यसअघि फेसबुकल ह्वाट्सएप किन्दा त्यसलाई स्वतन्त्ररुपमा संचालन गर्ने बताएको थियो तर कम्पनीले बिस्तारै यसलाई आफ्नो अधिनमा ल्याएको छ । ह्वाट्सएपका संस्थापकहरुले भने यो प्लेटफर्ममा विज्ञापन दिने विषय रुचाएका थिएनन् ।

प्रकाशित: ११ जेष्ठ २०७६, शनिबार

Comments are closed.

Loading...