Technology Khabar ११ जेष्ठ २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । अमेरिकी सरकारको प्रतिबन्धपछि विश्वभर ह्वावेलाई व्यवसायीक कारोबारमा समस्या हुँदै गएको छ । तरपनि कम्पनीको डिभाइसहरुको बिक्री भने बढेको देखिएको छ ।
विभिन्न अमेरिकी कम्पनी तथा एसोसिएसनहरुले ह्वावेसँगको सम्बन्ध तोडिरहेको सन्दर्भमा चीनको अनलाइन प्लेटफर्ममा ह्वावे डिभाइसको बिक्रीमा वृद्धि भएको हो ।
अमेरिकी प्रतिबन्ध पछि चिनियाँ अनलाइन कम्पनी टीमल प्लेटफर्ममा ह्वावे स्मार्टफोनको बिक्री ह्वात्तै बढेको हो ।
टीमलकाअनुसार ह्वावेको मोबाइल फोन शिपमेन्ट मे १८ देखि २० तारिखसम्ममा १३० प्रतिशतले बढेको छ जबकि औसत मोबाइल फोन उद्योगको वृद्धिदर भने ३० प्रतिशत रहेको छ ।
यो बिक्रीलाई ह्वावेले विशेष पोस्टर राखेर मनाएको छ भने टीमलमा ह्वावेका फ्यानहरुको संख्यामा पनि वृद्धि भएको छ । टीमलकाअनुसार हाल ह्वावे फ्यानको संख्या १० मिलियन अर्थात १ करोड नाघेको छ । माध्यम
प्रकाशित: ११ जेष्ठ २०७६, शनिबार