मोबाइल वालेटमार्फत हुने कारोबार रकमको सीमा बढ्यो, इन्टरनेट बैंकिङ्गमा पनि वृद्धि

  • Technology Khabar | ११ जेष्ठ २०७६, शनिबार
मोबाइल वालेटमार्फत हुने कारोबार रकमको सीमा बढ्यो, इन्टरनेट बैंकिङ्गमा पनि वृद्धि

काठमाडौं ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमार्फत कारोबार गर्ने रकमको सीमामा वृद्धि गरेको छ । राष्ट्र बैंकले यसअघि मोबाइल वालेटको कारोबार रकमको सीमा १० हजार रुपैयाँ तोकेकोमा हाल त्यसलाई वृद्धि गर्दै प्रति दिन २५ हजार रुपैयाँसम्म कारोबार गर्न सकिनेगरि वृद्धि गरेकोछ ।

राष्ट्र बैंकले हालै शुक्रबार नयाँ निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा, वालेटबाट बैंक खातामा, एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्दा प्रति दिन २५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्न अनुमति दिएको छ ।

तर यस्तो कारोबार मासिक रुपमा ५० हजार रुपैयाँ भन्दा बढि भने गर्न पाईने छैन् ।

मोबाइल बैंकिङ्गको कारोबार रकममा पनि राष्ट्र बैंकले वृद्धि गर्दै प्रति दिन अधिकतम कारोबार रकम ५० हजार रुपैयाँसम्म तोकेको छ । यसमा कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिकरुपमा १ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्न समेत रोक लगाएको छ ।

इन्टरनेट बैंकिङ्गको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रति दिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाईने भएको छ भने मासिकरुपमा ३० लाख रुपैयाँसम्म मात्र भुक्तानी वा जम्मा कारोबार गर्न पाईनेछ ।

इन्टरनेट बैंकिङ्गको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुको खातामा ट्रान्सफर गर्दा दैनिकरुपमा १० लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाईनेछ भने मासिकरुपमा त्यसको सीमा ५० लाख रुपैयाँसम्म तोकिएको छ ।

ग्राहकहरुले क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा पनि दैनिक कारोबार रकम ५० हजार रुपैयाँ सम्म तोकिएको छ भने मासिक कारोबार सीमा १ लाख रुपैयाँसम्म रहेको छ ।

बैंकले प्रिपेड कार्डमार्फत नगद झिक्ने अधिकतम सीमा २५ हजार रुपैयाँ पुर्याएको छ भने क्रेडिट कार्डबाट नगद झिक्न सकिने सीमा १० प्रतिशतसम्म तोकेको छ ।

डेबिट कार्डबाट कारोबार गर्ने रकमको सीमा अधिकतम २५ हजार रुपैयाँ तोक्दै त्यस्तो कारोबारमा लिने सेवा शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने प्रावधान लागू गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका नियर फिल्ड कम्यूनिकेसन टेक्नोलोजीअन्तरगत कन्ट्याक्टलेस कार्डमार्फतको कारोबारमा २ हजार रुपैयाँसम्मलाई पीन आवश्यक नपर्ने बनाएको छ भने त्यो भन्दा बढी कारोबारमा पीन आवश्यक पर्नेछ ।

त्यसैगरि भुक्तानी सेवा प्रदायक संस्थाहरुले आफ्नो एटिएम जस्ता भुक्तानी उपकरणबाट वस्तु तथा सेवा खरिदको बिल भुक्तानी गर्दा दैनिक २५ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिने सुविधा छ भने मासिकरुपमा ५० हजार भन्दा बढिको कारोबार गर्न नपाईने राष्ट्र बैंकद्धारा जारी निर्देशनमा उल्लेख छ ।

psd_circular20190524

प्रकाशित: ११ जेष्ठ २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अनर वाच एक्स५आई अनावरण

  • Technology Khabar
  • ११ जेष्ठ २०७६, शनिबार