स्कोडाको सस्तो मूल्यको इलेक्ट्रिक भेहिकल सिटी आईभी सार्वजनिक

काठमाडौं । चेक गणराज्यको अटोमेकर कम्पनी स्कोडाले नयाँ इलेक्ट्रिक भेहिकल सार्वजनिक गरेको छ । कम्पनीले गत वर्ष विभिन्न इलेक्ट्रिक भेहिकल कन्सेप्ट देखाएकोमा अहिले सिटीगो आईभी इलेक्ट्रिक भेहिकल लन्च गरेको छ ।

यो गाडि एक पटकको चार्जमा २६५ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

स्कोडाको इलेक्ट्रिक भेहिकलमा ४० किलोवाटको ब्याट्री क्षमता छ भने अनबोर्ड चार्जर ७.२ किलोवाट रहेको छ ।

यो एउटा स्ट्याण्डर्ड सिटी कार हो जसमा ४ ढोकासहितको ह्याचब्याक डिजाइन छ । स्कोडाले बनाएको सबैभन्दा सानो इलेक्ट्रिक भेहिकलमध्येमा सिटीगो आईभी पर्दछ जून केबल ३,५९७ मिलिमिटर लामो छ भने १,६४५ मिलिमिटर चौडा छ ।

गाडिमा २५० लिटर क्षमताको सामान राख्ने स्थान रहेको छ भने यसलाई ९२३ लिटरसम्म बढाउन सकिन्छ ।

कम्पनीले सन् २०१९ को अद्र्ध वार्षिकपछि नै यसको श्रृंखलबद्ध उत्पादन गर्ने सुनिश्चित गरेको छ ।

स्कोडाले यो नयाँ सिटीगो आईभी कारको मूल्य कति हुने जानकारी नदिएपनि कम्पनीले यसलाई २० हजार अमेरिकी डलर भन्दा कम मूल्यमा बिक्री गर्ने बताईएको छ ।

सन् २०२५ सम्ममा स्कोडा ब्राण्डले विभिन्न सेगमेन्टहरुमा ५ पूर्ण इलेक्ट्रिक भेहिकल बिस्तार गर्ने योजना राखेको छ । कम्पनीले फक्सवागनको वार्षिक ३० लाख सम्म इलेक्ट्रिक भेहिकल बनाउने योजनालाई सहयोग गर्नेछ ।