गूगलद्धारा मोबाइल यूजर्सका लागि सर्च इन्जिनमा गरियो सुधार

Technology Khabar १० जेष्ठ २०७६, शुक्रबार

गूगलद्धारा मोबाइल यूजर्सका लागि सर्च इन्जिनमा गरियो सुधार

काठमाडौं । गूगलले मोबाइल प्रयोग गरेर गूगल सर्च गर्ने यूजर्सका लागि अझ सहज बनाएको छ । कम्पनीले गूगल मोबाइल सर्च इन्जिनमा सुधार गर्दै कुन जानकारी कहाँबाट आईरहेको छ र के खोजीरहेका छन भनेर सजिलै बुझ्न सक्नेछन् ।

गूगलका सिनियर इन्टरेक्शन डिजाइनर जेमी लीचकाअनुसार वेबसाइट र त्यसको आईकलको नाम हरेक रिजल्ट कार्डको टपमा देखिनेछ । यसले हरेक रिजल्टलाई एंकर गर्न सहयोग हुनेछ जसले गर्दा अधिक सजिलोसँग परिणामहरुको पेजलाई स्क्यान गर्न सकियो र अगाडि के गर्ने भन्ने जानकारी दिनेछ ।

जतिबेला प्रयोगकर्ताले कुनै उत्पादन वा सेवाको खोज गर्दछ र गूगलले त्यसबेला विज्ञापन देखाउँछ भने त्यसमा हाइलाइट गरिएको विज्ञापन लेबल वेब एड्रेसका साथ टपमा देखिनेछ ।

यसले गर्दा सबै वेब पेज कन्टेन्टहरुको बारेमा अधिक जानकारी हुने गूगलको भनाई छ ।

प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार

Comments are closed.

Loading...