अन्तरिक्षमा उपयोगबिहिन स्याटेलाइट पुनर्जिवित गर्न रोबोटको प्रयोग गरिने

काठमाडौं । पृथ्विको कक्षमा ८ हजार भन्दा बढि मानिस निर्मित वस्तुहरु रहेका छन् । अझ रोचक भनेको त्यसमध्ये अधिकांश अंशहरु निकै लामो समयदेखि प्रयोग बिहिन रहेका छन् ।

पृथ्विको कक्ष वा अन्तरिक्षमा बढिरहेको टुटेफुटेका सामाग्री अथवा फोहोरका कारण नयाँ स्याटेलाइट लन्च गर्नको लागि पनि समस्या भईरहेको छ । यस्तो समस्या घट्ने भन्दा पनि अझ बढ्ने निश्चित छ ।

पुराना र बन्द भएका स्याटेलाइटहरुको कारण अन्तरिक्ष फोहोरको थुप्रोको रुपमा परिणत हुँदैछ । यसलाई हटाउने उपयुक्त विकल्प भनेको ती स्याटेलाइटहरुलाई अपडेट गर्नु र पुनर्जिवित गर्नु हो । पुराना स्याटेलाइटलाई पुर्नजिवित गर्न सकिएमा पनि अहिलेको स्पेस डेब्रिसलाई केहि भएपनि कम गर्न सकिन्छ, यो निकै खर्चिलो र जोखिमयुक्त रहेको छ ।

तर यस्तो कार्यमा रोबोटले सहयोग गर्न सक्नेछ । ओलिस रोबोटिक्स नामक कम्पनीले हालै स्पेसमा भएका स्याटेलाइटहरुलाई पुर्नजिवित गर्नका लागि नियन्त्रित प्रणालीको रोबोटमार्फत गर्ने योजना राखेको छ । सो कम्पनीले त्यसको लागि अमेरिकी एयर फोर्सबाट स्मल बिजनेस इनोभेसन रिसर्च अनुदान प्राप्त गरेको छ । यो अनुदान शुरुमा ५० हजार अमेरिकी डलरबाट शुरु हुँदै अधिकतम १.५ मिलियन डलरसम्म पुग्नेछ ।

यसअघि ब्लूह्याप्टिक नाममा परिचित सो कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सफ्टवेयर प्लेटफर्म तयार पार्नेछ । कम्पनीको सफ्टवेयर प्लेटफर्ममा आधारित हार्डवेयर समेत बनाईने छ जसमा पाइलटद्धारा नियन्त्रित रोबोटहरु बनाउने छ । ती रोबोटहरुले अन्तिरिक्षको चलायमान अवस्थामा समेत काम गर्न सक्षम हुनेछ ।

यस्ता उच्च क्षमतायुक्त सफ्टवेयरमा आधारित रोबोटहरुले स्याटेलाइटको समयअवधि बिस्तार गर्नुका साथै त्यसलाई मर्मत गर्ने र आवश्यक उर्जा भर्ने लगायतका कार्यहरु गर्न सक्नेछ ।

मसिन लर्निग क्षमता भएको ओलिसको प्लेटफर्ममा आधारित रोबोटहरु पाइटद्धारा नियन्त्रण गर्न समेत सकिने छ । यसले मल्टिटास्क गर्न सक्नेछ भने पाइलटको गल्तिलाई समेत कम गर्न सहयोग गर्न सक्नेछ ।

यसलाई मुख्यगरि बन्द भएका र उपयोगमा नरहेका स्याटेलाइटहरुलाई पुनर्जिवित गर्नका लागि उपयोग गर्न सकिने बताईएको छ ।

हामी एयर फोर्ससँग काम गरिरहेका छौं जसले स्याटेलाइटको अवधिलाई बिस्तार गर्न सकियोस, जसले संभवत लाखौं डलर बचत गर्न सकिनेछ, त्यसैगरि रिफ्यूल गर्ने, रिपेयर गर्ने अथवा स्याटेलाइट आफ्नो कक्षमा नै भएको बेला त्यसका पार्टपुर्जाहरु अपडेट गर्न सकियोस, ओलिस रोबोटिक्सका प्रमुख कार्यकारी अधिकृत डन पिकेरिंगले भने ।

कम्पनीको प्रोग्रेसिभ अटोनोमी सफ्टवेयर प्लेटफर्मको प्रयोगद्धारा स्पेसमा भएका स्याटेलाइटहरुलाई रोबोटको प्रयोगद्धारा मर्मत गर्न सकियोस र स्याटेलाइट प्रणालीको बिस्तार गर्न र मर्मसंभार गर्न लागत कम गर्ने उद्धेश्य रहेको उल्लेख छ ।

स्रोत