अमेरिकी कम्पनी इन्टरडिजिटलले ह्वावेलाई ५जी नेटवर्क प्रविधिको लाइसेन्स नरोक्ने

Technology Khabar ९ जेष्ठ २०७६, बिहीबार

अमेरिकी कम्पनी इन्टरडिजिटलले ह्वावेलाई ५जी नेटवर्क प्रविधिको लाइसेन्स नरोक्ने
Classic Tech

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी ह्वावेसँगको व्यवसायलाई रोक्ने क्रम अमेरिकी कम्पनीहरुबिच निरन्तर चलिरहेको सन्दर्भमा एउटा अमेरिकी कम्पनीले भने ह्वावेसँगको व्यवसायलाई निरन्तरता दिने भएको छ ।

अमेरिकी कम्पनी इन्टरडिजिटलले भने ह्वावेलाई ५जी नेटवर्क प्रविधिको लागि लाइसेन्स दिने बताएको हो ।

इन्टरडिजिटल र क्वालकम दुईवटा कम्पनीहरु अमेरिकामा वायरलेस नेटवर्क टेक्नोलोजीको प्याटेन्ट होल्डर हुन् । इन्टरडिजिटलले सो प्रविधि कुनै गोप्य नभएको र सबैको लागि खुला भएको उल्लेख गरेको छ । यदि कुनै कम्पनीले त्यो प्रविधिको प्रयोग गर्न चाहेमा केबल कम्पनीलाई रकम तिरे पुग्दछ ।

इन्टरडिजिटलका प्रवक्ता प्याट्रिक भान डे विलीकाअनुसार ह्वावेको प्रतिबन्ध इन्टिटी लिस्टले कम्पनीलाई ह्वावेसँग प्याटेन्ट लाइसेन्स एग्रीमेन्ट गर्न असर नपर्ने बताएका छन् ।

यी तीनै कम्पनीहरुबिच यसअघि प्याटेन्ट विवाद हुँदै आएको छ । गएको जनवरीमा ह्वावेले इन्टरडिजिटलको विरुद्ध चीनमा मुद्धा दायर गरेको थियो, जसमा कम्पनीले बौद्धिक सम्पत्ति अधिकारको समान भावनाअन्तरतग अधिकार नदिएको आरोप लगाएको थियो ।

त्यसैगरि क्वालकम र ह्वावेबीच पनि प्याटेन्टको विवाद छ जुन अझै समाधान भएको छैन् ।

TK Viber

प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

Loading...