आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स बुटवलमा आयोजना हुँदै

Technology Khabar ९ जेष्ठ २०७६, बिहीबार

आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स बुटवलमा आयोजना हुँदै
NTC_Advt

बुटवल । लिभिङ विथ आइसिटीले यहि जेष्ठ ११ गते शनिवार बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन के सेभेन सेक्युरिटीको आयोजना गरिरहेको छ । सोहि दिन कार्यक्रममा आइसिटी कन्फ्रेन्स पनि सञ्चालन हुनेछ ।

बुटवल मिलनचोकमा अवस्थित एसियन पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा स्थानिय स्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशशन, प्रोजेक्ट्सहरु प्रदर्शनमा रहनेछन । नयाँ आइडिया र इनोभेसनमा काम गरिहेका व्यत्ति र विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना भइरहेको छ । बिराटनगरमा बैशाख अन्तिम साता सम्पन्न कार्यक्रम पश्चात यहि जेष्ठ ११ गते बुटवलमा आयोजना हुन लागेको आयोजकले बताएको छ । यसैगरी नारायणगढमा यहि जेष्ठ १८ गते कार्यक्रमको आयोजना हुनेछ ।

स्थानिय स्तरमा आइटीमा केहि गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इनोभेसन र उद्यमशिलतालाई अगाढी बढाउने उदेश्यले कार्यक्रमको आयोजना भइरहेको आयोजक समितीका इश्वरी ज्ञवालीले जानकारी दिए । यस मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस, इन्नोभेसन र आइटी शिक्षाका ३० बढि स्टलहरु रहने बताईएकोछ ।

स्टार्टअप मेलाको अवसरमा एक दिने कन्फ्रेन्सको आयोजना हुनेछ । शनिवार सोहि स्थानमा आयोजना हुने कन्फ्रेन्समा इमर्जिङ टेक्नोलोजिज विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । कन्फ्रेन्सको पहिलो सेसन स्थानिय स्तरमा उद्यमशिलता र आइटी करियरका विषयमा ३ जना विज्ञहरुको कार्यपत्र प्रस्तुतिकरण र प्यानल डिस्कसन सञ्चालन हुनेछ भने दोश्रो सेसनमा इमर्जिङ टेक्नोलोजिज(एआई, आइओटी, साइबर सेक्युरिटी) आदिको बारेमा विज्ञहरुको कार्यपत्र पस्तुती र छलफल कार्यक्रम रहने आयोजकले जनाएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार