‘टिभीएस एक्सचेञ्ज जात्रा’ संचालनमा, १ लाख रुपैयाँसम्मको नगद छुट

Technology Khabar ९ जेष्ठ २०७६, बिहीबार

‘टिभीएस एक्सचेञ्ज जात्रा’ संचालनमा, १ लाख रुपैयाँसम्मको नगद छुट

काठमाडौं ।

काठमाडौं । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्सचेन्ज योजना अघि सारेको छ ।

विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु अब ग्राहकहरुले पुरानो छाडेर नयाँ हाँक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक एक्सचेन्ज अफर ‘टिभीएस एक्सचेञ्ज जात्रा’ संचालन ल्याएको हो ।

यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको योजनामा ग्राहकहरुले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकल को न्यूनतम ग्यारेन्टी मूल्य २५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्क्य्राच कुपनबाट कम्तीमा १० हजार देखि बढीमा १ लाख रुपैयाँ सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका कम्पनीको भनाई छ ।

यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्नेछन् ।

योजनाका सम्बन्धमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाईस प्रेसिडेन्ट दिपक अग्रवालले भने, ‘यो योजनाको मुख्य उद्देश्य भनेकै हाम्रा आदरणीय ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कूटरबाट छुट्कारा दिलाई टिभीएसका नवीन डिजाइन र प्रविधिका मोटरसाईकल तथा स्कूटरहरुको सवार गराउनु हो।’

easy care

प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार