ट्रूकलर एपबाट यूजर्सको डाटा चोरी, डार्क वेबमा लाखौं रुपैयाँमा बिक्री हुँदै

Technology Khabar ९ जेष्ठ २०७६, बिहीबार

ट्रूकलर एपबाट यूजर्सको डाटा चोरी, डार्क वेबमा लाखौं रुपैयाँमा बिक्री हुँदै
Classic Tech
Nepal Telecom

काठमाडौं । फोन गरेको तथा फोन आएको नम्बरको बारेमा जानकारी दिने एप ट्रूकलर (Truecaller) नेपालमा पनि निकै प्रयोगमा आउने एप हो । तर सोहि एपको डाटाहरु भने डार्क वेबमा ह्याकरहरुले बिक्री गरिरहेको छ ।

ट्रूकलरमा उपलब्ध डाटाहरु जसमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना, फोन नम्बरहरु रहेको छ त्यसको किनबेच भईरहेको रिपोर्ट बाहिर आएको छ ।

विश्वभर रहेका ट्रूकलर प्रयोगकर्ताहरुको डाटा लीक गरिएको छ भने त्यसलाई बिक्रीका लागि राखिएको छ ।

हालै साइबर सिक्योरिटी विशेषज्ञलाई आधारमा राखेर आएको रिपोर्टअनुसार विश्वभरका यूजर्सको डाटा बिक्रीमा रहेको छ । विशेषगरि सो डाटामध्ये ६० देखि ७० प्रतिशत डाटा भारतीय यूजर्सको रहेको छ । भारतमा मात्र यसको १४० मिलियन यूजर्स रहेका छन् ।

सिक्योरिटी विशेषज्ञकाअनुसार डार्क वेबमा यूजर्सको डाटा करिब २ हजार यूरोमा बिक्री भईरहेको छ भने विश्वभरका अन्य प्रयोगकर्ताहरुको डाटा २५ हजार डलरमा बिक्री गरिरहेको छ ।

ट्रूकलरले भने हालै केहि यूजर्सको एकाउन्टमा गलत कार्य भएको भेटिएको जानकारी भएको बताएको छ । कम्पनीले सो कार्यबाट कुनैपनि संवेदशनशील यूजर इन्फर्मेशन चोरी नभएको विश्वस्त भएको बताएको छ । कम्पनीकाअनुसार यूजर्सको पेमेन्ट र आर्थिक जानकारी भने सुरक्षित रहेको छ ।

तर साइबर एक्सपर्टहरुले भने ट्रूकलरको डाटा बेस चोरेर संकलन गरिनु गंभिर विषय भएको बताएका छन् । यसअघि पनि ट्रूकलरबाट पटक पटक प्रयोगकर्ताहरुको डाटा चोरी हुँदै आएको छ।

यदि तपाईँ पनि ट्रूकलर प्रयोगकर्ता हो भने तपाईँको फोनमा भएको सबै सम्पर्क नम्बरहरु ट्रूकलरमा जान्छ । त्यसैले तपाईँको एकाउन्ट ह्याक भयो भने ती सबै जानकारीहरु चोरी हुन्छन् ।

TK Viber

प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

Comments are closed.

Loading...