एनसेल र आजिएटाले सरकारको विरुद्ध दर्ता गरे अन्तर्राष्ट्रिय मध्यस्थताको मुद्धा

  • Technology Khabar | ८ जेष्ठ २०७६, बुधबार
एनसेल र आजिएटाले सरकारको विरुद्ध दर्ता गरे अन्तर्राष्ट्रिय मध्यस्थताको मुद्धा

काठमाडौं ।

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई बुझाउनुपर्ने पूँजीगत लाभकर अनुपयुक्त भएको बताउँदै आएकोमा अहिले कम्पनीले आर्बिट्रेसनको लागि अन्तर्राष्ट्रिय सेटलमेन्ट सेन्टरमा उजुरी दायर गरेकोछ ।

एनसेलको लगानीकर्ता कम्पनी आजिएटाले इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्यूटसमा मुद्धा दायर गर्दै मध्यस्थताको लागि गएको हो ।

एनसेल प्रालि र एनसेलको मूख्य लगानीकर्ता रहेको आजिएटा अन्तरगतको आजिएटा इनभेस्टमेन्टस यूके लिमिटेडले संयुक्तरुपमा नेपाल सरकारको विरुद्धमा मुद्धा दायर गरेका हुन् ।

यसअघि नै आजिएटाले आफना मलेशियन शेयरधनीहरुलाई एनसेलको पूँजिगत लाभकरको विवादमा मध्यस्थतामा जाने जानकारी गराएको थियो ।

दुबै कम्पनीले संयुक्तरुपमा मे २० तारिखमा सो उजुरी दर्ता गरेको सो सेन्टरको वेबसाइटमा उल्लेख छ ।

कम्पनीले बेलायत र उत्तर आयरल्याण्ड तथा नेपालबीच सन् १९९३मा भएको लगानी सम्झौताको आधारमा मुद्धा दायर गरेका हुन् । कम्पनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपषिदको कार्यालयका साथै परराष्ट्र मन्त्रालयको विरुद्धमा मुद्धा दायर गरेको हो ।

हाल सो मुद्धा विचाराधीन रहेको र महासचिवले मे २० तारिखमा नै मध्यस्थताको लागि अनुरोध गरेको उल्लेख गरेको छ ।

स्रोत

प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...