Technology Khabar ८ जेष्ठ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । ह्वावेमाथि अमेरिकी प्रतिबन्धपछि गूगलले आफ्नो केहि व्यवसाय तथा सेवाहरु ह्वावेसँग नगर्ने भएको छ । यसले ह्वावेका मोबाइल फोनहरुमा प्रभाव पार्नेछ । तर सो सेवा र व्यवसायले कसरी ह्वावेका मोबाइल फोनहरुलाई असर गर्छ भन्ने स्पष्ट हुनु जरुरी छ ।
अहिले बजारमा आएका हल्ला जस्तो के साँच्चिकै ह्वावेका स्मार्टफोनहरु अब बन्द हुन्छन वा गूगलको सेवा त्यसमा चल्दैन भन्ने बारेमा जान्नु उपयुक्त हुन्छ ।
गूगलको सेवा र व्यवसायमा रोकपछि ह्वावेको मोबाइल के हुन्छ भन्ने बारेमा हामी १२ प्रश्न र उत्तरमा त्यसको जवाफ सरलरुपमा दिने प्रयास गर्दैछौं । यसले अहिलेका प्रयोगकर्ताहरुका बिचमा देखिएको असमन्जस्यतालाई समाधान गर्ने र बाहिर आए जस्तो फोन नै बन्द हुने अफवाहलाई रोक्ने र सहि जानकारी दिन सक्नेछ ।
१. के यसले ह्वावेको अहिलेको बिक्रीमा असर पार्छ ? कम्पनीको कन्जुमर बिजनेस गुड्सको विश्व व्यापारमा कति यसले प्रभाव पार्छ ?
-ह्वावेले भविश्यमा पनि निरन्तर सेक्यूरिटी अपडेट्स र बिक्रीपछिको सेवाहरु सबै ह्वावे र अनर स्मार्टफोन तथा ट्याबलेटहरुमा उपलब्ध गराउनेछ । विश्वभर यस्ता उत्पादनहरु अहिले बिक्री भईसकेका तथा बिक्री हुनबाँकी स्टकमा रहेकाहरु सबैमा अपडेट दिनेछ ।
२. के गूगलसँगको व्यवसाय निलम्बनले ह्वावेको चीनमा भएको व्यवसायलाई असर पार्नेछ ?
-पार्दैन् ।
३. ह्वावे फोनहरुमा के मानिसहरुले गूगलका सेवाहरु जस्तै गूगल प्ले, जीमेललगायत निरन्तर प्रयोग गर्न पाउनेछन् ?
-यी उत्पादनहरु यसअघि नै बिक्री भईसकेका र हाल बिक्री भईरहेका तथा स्टकमा रहेकाहरुमा कुनै प्रभाव पर्नेछैन् । तपाईँले यसअघि जस्तै यी सेवातथा उत्पादनहरु निरन्तर सामान्यरुपमा प्रयोग गर्न सक्नुहुनेछ ।
४. ह्वावे फोनहरुको नियमित प्रयोगमा के यसले असर पार्छ ?
-यी उत्पादनहरु यसअघि नै बिक्री भईसकेका र हाल बिक्री भईरहेका तथा स्टकमा रहेकाहरुमा कुनै प्रभाव पर्नेछैन् । तपाईँले यसअघि जस्तै यी सेवा तथा उत्पादनहरु निरन्तर सामान्यरुपमा प्रयोग गर्न सक्नुहुनेछ ।
५. के ह्वावे फोनहरुले एन्ड्रोयड अपडेट्स प्राप्त गर्न सक्षम हुनेछन् ?
-कम्पनीले ह्वावे ईएमयूआईका लागि निरन्तर अपडेटहरु उपलब्ध गराउने छ ।
६. के मानिसहरुले आफ्नो गूगल एप्स अझै अपडेट गर्न सक्नेछन् ?
-हो, सामान्यरुपमा सक्नेछन् ।
७. के ह्वावे फोनहरुले एन्ड्रोयड क्यू सपोर्ट प्राप्त गर्छन् ?
-यसबारेमा थप जानकारीहरु आगामी दिनमा हुने सिस्टम अपग्रेड नोटिफिकेसनहरुमा आउनेछन् ।
८. के मानिसहरुले आफ्नो गूगलको भन्दा बाहिरका अन्य एप्स अपडेट गर्न सक्नेछन् ?
-हो, गूगल बाहेकका एप्सहरु यसबाट कुनै प्रभावित हुनेछैन् ।
९. के ह्वावे स्मार्टफोनहरुले गूगल सेक्यूरिटी प्याचहरु अझै प्राप्त गर्न सक्छन् ?
-हो, प्राप्त गर्न सक्छन्
१०. यदि प्रयोगकर्ताहरुले आफ्नो ह्वावे फोनहरु फ्याक्ट्री सेटिंगमा रिसेट गरेभने, के तिनीहरुले गूगलको सेवाहरु भविश्यमा प्रयोग गर्न समस्या हुन्छ ?
-हुँदैन्, यसले कुनै असर पार्नेछैन् ।
११ के ह्वावेका उत्पादनहरु जून अहिले लन्च भएका छैनन ती प्रभावित हुनेछन् ? -ह्वावेले भविश्यमा पनि निरन्तर सेक्यूरिटी अपडेट्स र बिक्रीपछिको सेवाहरु सबै ह्वावे र अनर स्मार्टफोन तथा ट्याबलेटहरुमा उपलब्ध गराउनेछ । विश्वभर यस्ता उत्पादनहरु अहिले बिक्री भईसकेका तथा बिक्री हुनबाँकी स्टकमा रहेकाहरु सबैमा अपडेट दिनेछ ।
१२ यसको अर्थ के ह्वावेले आफ्नै अपरेटिंग सिस्टम विकास र लागू तिब्र गतिमा गर्नेछ ?
-एन्ड्रोयड भनेको ओपन स्रोस हो, र ह्वावेले एन्ड्रोयडको विकास र वृद्धिमा विश्वभर निरन्तर योगदान दिँदै आएको छ । कम्पनीले एन्ड्रोयड इको सिस्टमको प्रयोग र विकासलाई निरन्तर प्राथमिकता दिनेछ ।
(कम्पनीले उपलब्ध गराएको जानकारीहरुको आधारमा)
प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार