सेल्फ ड्राइभिङ्ग ट्रकबाट हुलाक सेवा दिँदै अमेरिकी पोस्टल सर्भिस

Technology Khabar ८ जेष्ठ २०७६, बुधबार

सेल्फ ड्राइभिङ्ग ट्रकबाट हुलाक सेवा दिँदै अमेरिकी पोस्टल सर्भिस
NTC_Advt

काठमाडौं ।

काठमाडौं । अमेरिकी पोस्टल सर्भिसले मंगलबारदेखि सेल्फ ड्राइभिङ्ग ट्रक अर्थात स्वचालित ट्रकमार्फत हुलाकसेवा संचालनको परीक्षण शुरु गरेको छ । सो कार्यालयले तीनवटा उत्तरपूर्वी राज्यहरुमा २ सातासम्म यातायातको साधनको रुपमा सेल्फ ड्राइभिङ्ग ट्रक प्रयोगमा ल्याएको हो ।

सानडियागोमा आधारित स्टार्टअप टूसिम्पलले निर्माण गरेको सेल्फ ड्राइभिङ्ग ट्रकहरुले अमेरिकी पोस्टल सेवाहरु फोनिक्स र डालासको बिचमा आदान प्रदान गर्नेछ जसले कसरी ढुवानी समय र खर्चमा सुधार गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ ।

सो सेल्फ ड्राइभिङ्ग ट्रकमा परीक्षण अवधिभर एकजना सेफ्टी ड्राइभर र एकजना इन्जिनियर रहनेछन जसले यदि आवश्यक परेको खण्डमा आफैं ट्रक चलाउनेछन् ।

यदि यो परीक्षण सफल भएको खण्डमा यसले अटोनोमस ड्राइभिङ्ग उद्योगमा नै नयाँ सफलता हासिल हुने बताईएको छ । जसले आगामी दिनहरुमा ढुवानीमा लाग्ने खर्च र चालकहरुको अभावलाई हटाउनेछ ।

सो परीक्षण पाँच पटकको आवज जावतमा हुनेछ जसमा प्रत्येकपटक ३ हजार ३८० किलोमिटरको यात्रा सेल्फ ड्राइभिङ्ग ट्रकले गर्नेछ ।

पोष्टल सर्भिसका प्रवक्ताले निरन्तर अनुसन्धान र परीक्षणमा रहेको जसले भविश्यमा स्तरिय गाडिहरुमा नयाँ प्रविधिका साथमा सेवा संचालन गर्ने प्रयास हुने बताएका छन् ।
यो परीक्षणमा कति खर्च हुनेछ भन्ने कुनै जानकारी छैन् ।

सेल्फ ड्राइभिङ्ग ट्रक निर्माता कम्पनी टूसिम्पलले चीपमेकर कम्पनी एनभीडिया कर्प र चिनियाँ अनलाइन मिडिया कम्पनी सीना कर्पबाट १७८ मिलियन डलर लगानीको रुपमा उठाएको थियो ।

अमेरिकन ट्रकिङ्ग एसोसिएसन्सले अमेरिकामा चालकहरुको उमेद बढ्दो क्रममा रहेको र युवाहरुलाई आकर्षित गर्न कठिन रहेको हुँदा सन् २०२४ सम्ममा १ लाख ७४ हजार ५०० चालकहरुको अभाव हुने अनुमान गरेको छ । एजेन्सी

प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार