सामसंग ग्यालेक्सी नोट १० मा आइफोन जस्तै रियर क्यामरा डिजाइन

Technology Khabar ७ जेष्ठ २०७६, मंगलवार

सामसंग ग्यालेक्सी नोट १० मा आइफोन जस्तै रियर क्यामरा डिजाइन
ग्यालेक्सी नोट ९
Classic Tech

काठमाडौं । सामसंगले ग्यालेक्सी नोट १० ल्याउने तयारी गरिरहँदा यो स्मार्टफोनको डिजाइन र फीचरहरुको बारेमा जानकारीहरु आईरहेका छन् ।

सामसंगको ग्यालेक्सी नोट १० स्मार्टफोनमा कस्तो किसिमको क्यामरा डिजाइन हुन्छ भन्ने रिपोर्ट आएको छ ।

सामसंगको नयाँ नोट स्मार्टफोनको कोड नाम दा भिन्ची राखिएको छ भने यसको रियर क्यामरा र फ्रन्ट क्यामराको स्थान परिवर्तन हुने बताईएको छ । हालै जानकारी लीक गर्ने आइट यूनिभर्सले बताएअनुसार रियर क्यामरा र सेल्फी क्यामराको स्थानमा परिवर्तन हुनेछ ।

यसअघि ग्यालेक्सी नोट ९ मामा रियर क्यामरा होरिजन्टल रहेकोमा नयाँ डिभाइसमा रियर क्यामराको स्थाना भर्टिकल अर्थात ठाडो रुपमा राखिनेछ । कम्पनीले यसको फ्रन्ट क्यामरा पनि हालको ग्यालेक्सी एस १० प्लसमा रहेको पन्च होल डिजाइनको साटो डिस्प्ले भित्र राख्ने अनुमान गरिएको छ ।

यदि सामसंग ग्यालेक्सी नोट १० मा रियर क्यामराको डिजाइन परिवर्तन भएमा यसको लूक्स आइफोन जस्तै देखिनेछ ।

यसबाहेक ग्यालेक्सी नोट १० को प्रो भर्सनमा भने ४ वटा रियर क्यामरा हुने यसअघि नै जानकारी आईसकेको छ । त्यसैगरि नयाँ नोट फोनमा सामसंगले ६४ मेगापिक्सेलको क्यामरा राख्न सक्ने अनुमान समेत गरिएको छ ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

Loading...