ह्वावेले भन्यो- बिक्री भएका र स्टकमा रहेका सबै स्मार्टफोनमा सेक्यूरिटी अपटेड्स

Technology Khabar ७ जेष्ठ २०७६, मंगलवार

ह्वावेले भन्यो- बिक्री भएका र स्टकमा रहेका सबै स्मार्टफोनमा सेक्यूरिटी अपटेड्स

काठमाडौं ।

काठमाडौं । अमेरिकी प्रतिबन्धपछि गूगलले चिनियाँ टेलिकम कम्पनी ह्वावेसँगको आफ्नो सहकार्य निलम्बन गर्ने घोषणा गरेसँगै ह्वावेका एन्ड्रोयडमा आधारित स्मार्टफोनहरुको बारेमा निकै चर्चा भएको छ ।

ह्वावेले गूगलले एन्ड्रोयडसम्मको पहुँच रोक्ने निर्णयमा औपचारिक प्रतिकृया दिँदै आगामी दिनहरुमा पनि निरन्तर सेक्यूरिटी अपडेट दिने उल्लेख गरेको छ ।

ह्वावेले विश्वभर एन्ड्रोयडको विकास र वृद्धिमा उल्लेखनिय योगदान गरेको भन्दै एन्ड्रोयडको ओपन सोर्स प्लेटफर्ममा निरन्तर काम हुने उल्लेख गरेको छ ।

हामी उनीहरुको ओपनसोर्स प्लेटफर्ममा निरन्तर नजिकबाट काम गरिरहेका छौं र ईकोसिस्टम विकास गर्न प्रयासरत छौं जसले प्रयोगकर्ताहरु र उद्योग दुबैलाई फाईदा हुनेछ, ह्वावेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले अहिले विश्व बजारमा बिक्री भईसकेका र स्टकमा रहेका सम्पूर्ण ह्वावे स्मार्टफोन तथा ट्याबलेट उत्पादनहरु सबैमा सेक्यूरिटी अपडेटस र बिक्रीपछिको सेवा निरन्तर प्रदान गर्ने उल्लेख गरेको छ ।

कम्पनीले आगामी दिनमा नयाँ सफ्टवेयर विकास गर्ने तर्फपनि जानकारी दिँदै भनेको छ, हामी निरन्तर सुरक्षित र भरपर्दो सफ्टवेयर ईकोसिस्टम निर्माण गरिरहेका छौं ।

Global Bank
easy care

प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

ताजा समाचार