विदेशी भुक्तानी एप्स विच्याट पे, अलिपेलगायत प्रयोगमा प्रतिबन्ध, कारोबार गरे कारबाही

Technology Khabar ७ जेष्ठ २०७६, मंगलवार

विदेशी भुक्तानी एप्स विच्याट पे, अलिपेलगायत प्रयोगमा प्रतिबन्ध, कारोबार गरे कारबाही
Classic Tech
Nepal Telecom

काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी मुलुकबाट संचालित भुक्तानी एप्सबाट कारोबार नगर्न र भुक्तानी नगर्न सचेत गराएको छ । नेपालमा विदेशी भुक्तानी प्रणालीको प्रयोग गरी अवैध कारोबार बढेपछि राष्ट्र बैंकले त्यस्तो काम नगर्न सचेत गराएको हो ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै स्वीकृत पाएका पेमेन्ट सिस्टम बाहेक विदेशी मुलुकबाट जारी भएका विच्याट पे, अलिपे जस्ता भुक्तानी एपको प्रयोग नगर्न भनेको हो ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले केही भुक्तानी प्रणालीहरुको नामै लिएर त्यस्ता विदेशी भुक्तानी प्रविधिसँग सम्बन्धित प्रणालीहरुको प्रयोग प्रयोग नगर्न भनेको हो । निर्देशनविपरित त्यस्तो कारोबार गरेमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को व्यवस्थाअनुसार कारबाही गर्ने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।

विदेशी भुक्तानी पेमेन्ट सिस्टम, पस मेसिन, क्यूआर कोड गैर कानूनी भएको र त्यस्तो गैर कानूनी सिस्टममार्फत कारोबार गरेको भेटिएमा विदेशी विनिमय ऐन अन्तरगत कारबाही गर्ने उल्लेख गरेको छ ।

fxm_notice20190520

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

Loading...