निशानको प्रि-बजेट अफर, गाडि खरिदमा ७ लाख २७ हजार रुपैयाँ सम्मको फाईदा

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

निशानको प्रि-बजेट अफर, गाडि खरिदमा ७ लाख २७ हजार रुपैयाँ सम्मको फाईदा

काठमाडौं ।

काठमाडौं । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बजेट भाषण अगावै आफ्ना ग्राहकहरुलाई निशानका गाडीहरु किन्न आह्वान गर्दै “प्रि-बजेट अफर” लिएर आएकोछ ।

यो अफर मार्फत निशानका गाडीहरुको खरिद गर्दा नगद लाभ उठाउन सकिनेछ ।

निसानको माइक्रा एक्टिभको खरिदमा रु.३ लाख १ हजार बराबरको लाभ उठाउन सकिनेछ । त्यसैगरि सन्नीमा ३ लाख ६ हजारसम्म लाभ उठाउनका साथै किक्सको खरिदमा १ लाख ९८ हजारसम्म लाभ उठाउन सकिन्छ । त्यस्तै अति रुचाइएका निशानका नभारा र एक्स ट्रायलमा क्रमशः रु. ५ लाख ३७ हजार र ७ लाख २७ हजारसम्म लाभ उठाउन सकिनेछ ।

यो अफर स्टक सीमित रहँदासम्म नेपालका सबै शोरुमहरु लागु हुने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

ताजा समाचार