नेपाल स्याटेलाईट टेलिकमलाई आन्तरिक राजस्वको पत्र, ४ अर्ब ३२ करोड रुपैयाँ कर बुझाऊ

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

नेपाल स्याटेलाईट टेलिकमलाई आन्तरिक राजस्वको पत्र, ४ अर्ब ३२ करोड रुपैयाँ कर बुझाऊ

काठमाडौं ।

अनुज राज । काठमाडौं । आन्तरिक राजस्व कार्यालयले नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई कम्पनीको शेयर स्वामित्व बिक्रीमा देखिएको पूँजिगत लाभ करको रकम तिर्न पत्र पठाएको छ ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले यहि शुक्रबार विज्ञप्ति जारी गर्दै सो पूँजिगत लाभ कर तिर्न आदेशसहितको पत्र कम्पनीबाट बुझ्न अस्वीकार गरी पत्र फिर्ता भएको उल्लेख गर्दै कम्पनीलाई ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६ सय ८८ रुपैयाँ बुझाउन भनेको छ ।

कार्यालयकाअनुसार नेपाल स्याटेलाइट टेलिकमको ७५ प्रतिशत शेयर साईप्रसस्थित एयरबेल सर्भिसेज लिमिटेड मार्फत टेलियासोनेरा कम्पनीलाई आर्थिक वर्ष २०६८/०६९ मा ५ अर्ब ७१ करोडमा कारोबार भएकोमा उक्त कारोबार हस्तान्तरणमा हुन गएको पूँजिगत लाभ ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँमा आयकर ऐन अनुसार २५ प्रतिशत पूँजिगत लाभ कर लाग्दछ ।

सो पूँजिगत लाभकर १ अर्ब ४० करोड ८७ लाख ५० हजार रुपैयाँ कम्पनीले राजस्वको रुपमा नतिरेको हुँदा सो कर रकम र सो कर रकममा लाग्ने शतप्रतिशत शुल्क तथा ब्याज समेत गणना गरेर हुने कुल ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार ६ सय ८८ रुपैयाँ बुझाउन कम्पनीलाई भनेको हो ।

सो असुल गर्नुपर्ने रकम तिर्न कम्पनीको नाममा यहि वैशाख ११ गते सूचना जारी भएको तर कम्पनीले अझै नतिरेको आन्तरिक राजस्वको भनाई छ ।

सो पत्र जेठ १ गते कम्पनीमा बुझाउन पठाईएकोमा कम्पनीबाट बुझ्न अस्वीकार गरिएको र टेलिकम कम्पनीको विद्युतीय ठेगानामा र हुलाकमार्फत समेत सो पत्र पठाईसकिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पनि पढ्नुस्-

https://technologykhabar.com/2019/05/20/23455/
easy care

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार