ओपो मोबाइल रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

ओपो मोबाइल रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर

काठमाडौं ।

काठमाडौं । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ । यस संगै ओपो अब तीन बर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ ।

अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनियाँ प्राविधिक ब्राण्डपनि हो ।

‘२०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमा हामी यस गरिमामय टेनिस टूर्नामेन्टसंगको सहयात्राको सुरुवात गर्नेछौँ । यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामा अझ ब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनि अझ बढी उपभोक्तासम्म पुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ,’ ओपोका उपाध्यक्ष ब्रायन शेनले भने ।

‘यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनी हो । नवप्रबर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विक बजारमा आफ्नो उपस्थिती थप दरिलो बनाउने अन्तरराष्ट्रिय रणनीतिसंग मेल खाँदो छ,’ एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलीले भने ।

यो पार्टनरसिप मार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादन अनुभव लगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ । ओपोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित गरिनेछ ।

भविष्यमा ओपोले रोल्याण्ड गार्रोसमा अनसाइटरुपमै, विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पदन तथा प्राविधिक नवप्रबर्तनहरु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ । यूवा प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमापनि आवद्ध भएको छ ।

यसले चीन, भारत र ब्राजिलका उदयिमान यूवा एथ्लेट्सलाई टूर्नामेन्ट सम्म पुग्न सघाउने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार