अमेरिकी प्रतिबन्धको प्रभाव: गूगलद्धारा ह्वावेसँगका केहि व्यवसायहरुमा रोक

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

अमेरिकी प्रतिबन्धको प्रभाव: गूगलद्धारा ह्वावेसँगका केहि व्यवसायहरुमा रोक

काठमाडौं ।

काठमाडौं । अल्फाबेट इंकअन्तरगतको कम्पनी गूगलले चिनियाँ टेक कम्पनी ह्वावेसँग केहि व्यवसायहरु रोकेको छ । कम्पनीले हार्डवेयर, सफ्टवेयर र केहि प्राविधिक सेवाहरुमा रोक लगाएको हो ।

तर सार्वजनिकरुपमा उपलब्ध ओपन सोर्स लाइसेन्सिंगलाई भने नरोकिएको रोयटर्सले जनाएको छ ।

अमेरिकी सरकारले ह्वावेलाई अमेरिका सहित विश्वभर व्यवसाय गर्न रोक लगाएसँगै अमेरिकी टेक कम्पनीहरुले ह्वावेसँगको आफ्ना व्यवसायहरुमा रोक लगाउनुपर्ने बाध्यताका बिच गूगलले रोक लगाएको रिपोर्टमा उल्लेख छ ।

तर गूगल एप्स प्रयोग गरिरहेका अहिलेका स्मार्टफोनहरु उपयोगकर्ताहरुले भने आगामी दिनमा पनि गूगलद्धारा दिईने एप अपडेटहरु प्रयोग गर्न र डाउनलोड गर्न सक्ने गूगलका प्रवक्ताले जानकारी दिएका छन् ।

‘हाम्रा सेवाहरुका चार प्रयोगकर्ताहरु, गूगल प्ले र गूगल प्लेबाट सेक्यूरिटी प्रोटेक्सनहरु हाल उपलब्ध ह्वावे डिभाइसहरुमा निरन्तर कार्यगत रहनेछन्,’ प्रवक्ताले भने ।

यो निलम्बनले ह्वावेका स्मार्टफोन व्यवसायलाई चीनभन्दा बाहिरको व्यापारमा तत्काल प्रभाव पर्नेछ र भने गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम अपडेटहरुसम्मको पहुँच गूमाउने छ । जसले गर्दा गूगलका लोकप्रिय सेवाहरु गूगल प्ले स्टोर, जीमेल र यूट्यूब एप्स पनि प्रयोग गर्न पाउने छैन् ।

ह्वावेले केबल एन्ड्रोयडको पब्लिक भर्सन मात्र प्रयोग गर्न पाउने छ भने गूगलद्धारा उपलब्ध हुने विशेष एप्स तथा सेवाहरुमा पहुँच नहुने स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

यसअघि चीपमेकर कम्पनीहरु इन्टेल कर्प, क्वालकम इंक, जिलिन इन्क र ब्रोडकम इंकले आफ्ना कर्मचारीहरुलाई ह्वावेलाई अर्को जानकारी नभएसम्म सफ्टवेयर तथा कम्पोनेन्टहरु उपलब्ध नगराउने जानकारी गराएको ब्लूमबर्गले उल्लेख गरेको थियो ।

स्रोत

easy care

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

ताजा समाचार