मोबाइलको ब्याट्री परीक्षण प्रणालीको काम अगाडि बढ्यो, यी कम्पनी संचालनमा ईच्छुक

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

मोबाइलको ब्याट्री परीक्षण प्रणालीको काम अगाडि बढ्यो, यी कम्पनी संचालनमा ईच्छुक

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको ब्याट्री परीक्षण गर्ने प्रणाली संचालनको कार्य अगाडि बढाएको छ । प्राधिकरणले मोबाइल ब्याट्री परीक्षण प्रणाली जडान गर्नको लागि योग्य कम्पनीहरुसँग आवेदन माग गरेकोमा तीनवटा कम्पनीहरुले ईच्छा देखाएका छन् ।

प्राधिकरणले सो टेण्डरमा आवेदन हाल्ने तीनवटा कम्पनीहरुको प्रस्ताव आईतवार खोलेको छ । जसमा म्याप इन्टरप्रेनर प्रालि, ई-क्वाइल प्रालि र तायल ब्रदर्स प्रालि रहेका छन् । तीनवटै कम्पनीहरुले क्रमश: करिब २९ लाख रुपैयाँ, करिब ३५ लाख रुपैयाँ, र करिब ४० लाख रुपैयाँमा सो प्रणाली आपूर्ति, जडान र संचालनको लागि आवेदन दिएका छन् ।

यी तीन कम्पनीहरुमध्ये एउटा योग्य कम्पनीलाई मोबाइल ब्याट्री परीक्षण प्रणालीको काम जिम्मा दिईने प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘आवेदन दिएका तीनवटै कम्पनीहरुको प्राविधिक मूल्यांकन हुनेछ र त्यसपछि यी मध्ये एउटा कम्पनीलाई मोबाइलको ब्याट्री परीक्षण प्रणालीको सम्पूर्ण कामको जिम्मा दिईनेछ,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार यो सम्पूर्ण काम यहि महिनाभित्र सकेर मोबाइलको ब्याट्री परीक्षण गर्ने प्रणाली संचालनमा ल्याईने योजना छ ।

सो प्रणाली संचालनमा आईसकेपछि प्राधिकरणले नेपालमा आयात हुने र बिक्रीमा रहेका सम्पूर्ण मोबाइलका ब्याट्रीहरुको परिक्षण गरेर तीनिहरुको गुणस्तर जाँच गर्नेछ र तोकिएको गुणस्तरभन्दा कमसल देखिएका मोबाइल ब्याट्रीहरुको आयातमा रोक लगाउन सक्नेछ ।

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

Comments are closed.

Loading...