नेपाल टेलिकमको विद्यार्थी अफरको सिम, यस्ता छन सुविधा र फाईदाहरु

Technology Khabar ५ जेष्ठ २०७६, आईतवार

नेपाल टेलिकमको विद्यार्थी अफरको सिम, यस्ता छन सुविधा र फाईदाहरु
NTC_Advt

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समयमा विद्यार्थीहरुलाई आकर्षित गर्न विशेष छुट सहितको सिम उपलब्ध गराईरहेको छ । कम्पनीले दिने विद्यार्थी अफर अन्तर्गतको सिम विद्यालयदेखि विश्वविद्यालयमा पढिरहेका विद्यार्थीहरुले प्रयोग गर्न सक्नेछन्।

विशेषगरि एसईई दिएका र त्यो भन्दा माथिल्लो स्तरका अन्य विद्यार्थीहरुका लागि पनि नेपाल टेलिकमले विद्यार्थी अफर अन्तर्गतको सिम उपलब्ध गराइरहेको छ ।

‘विद्यार्थी अफर’ मा विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइन्छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइएको छ ।

यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा प्रयोग गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

यस अफर अन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ ।

यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध रहेको छ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्षसम्म उपलब्ध हुनेछ ।

प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार