अमेरिका र चीनबिचको व्यापार युद्धले आइफोन महंगो हुने, अन्य ब्राण्डमा के होला

काठमाडौं । विश्वका दुई ठूला अर्थव्यवस्थाहरु अर्थात अमेरिका र चीनबिच हाल व्यापारिक युद्ध चलिरहेको छ । दुबै मुलुकहरुले एकअर्काका उत्पादन तथा सामाग्रीहरु आयातमा रोक लगाउनुका साथै आयात चर्को व्यापार दर लगाउँदै आएका छन् । दुबै देशहरुबिच पछिल्ला दिनहरुमा विशेषगरि ह्वावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि थप तनाब बढिरहेको छ ।

दुबै देशहरुबिचको बढ्दो तनावले गर्दा कम्पनीहरुको लागत बढ्ने संकेत देखिएको छ । विश्लेषकहरुले दुबै देशहरुले सामाग्रीहरु आयातमा रोक लगाउँदा ती उत्पादनहरुको लागत बढाउन सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

कम्पनीहरुले आफ्ना उत्पादनहरुलाई घाटामा जानबाट रोक्न उत्पादन लागतमा वृद्धि गर्न सक्नेछन जसले त्यसको असर अन्त्यमा उपभोक्ताहरुलाई नै पर्ने भएको छ ।

अमेरिकाले चीनको २०० अर्ब डलरको सामानमा आयात ड्यूटी बढाएर २५ प्रतिशत गरेको छ भने चीनले पनि अमेरिकाको ६० अर्ब डलरको सामागमा ड्यूटी बढाउने निर्णय गरेको छ ।

विश्लेषकहरुकाअनुसार अमेरिका र चीनको व्यापार युद्धले आइफोन मात्रै पनि अहिलेको भन्दा ३ गुणा महंगो हुनसक्ने छ । एप्पलले आइफोन चीनमा बनाउँदै आएकोमा अमेरिकी राष्ट्रपतिले चीनबाट आयात हुने इलेक्ट्रोनिक्स डिभाइस र कम्पोनेन्टहरुमा २५ प्रतिशत अतिरिक्त ड्यूटी लगाईदिएपछि आइफोनको मूल्य ह्वात्तै बढ्ने भएको हो । आइफोनले ब्याट्रीसहित अन्य कम्पोनेन्टहरु चीनमा बनाई रहेको छ ।

यसअघि एप्पलले आइफोन अमेरिकामा बनाउन उत्पादन लागतले नभ्याउने र सामाग्रीहरु पनि नभेटिने भन्दै आंशिक कम्पोनेन्टमात्र अमेरिकामा बनाउँदै आएको छ । तर अब भने एप्पलले मूल्य बढाउन सक्ने अनुमान गरिएको छ ।

यदि एप्पलले आइफोन बिक्रीमा हालको जत्ति नै नाफा लिएर बिक्री गर्न चाहेमा कम्पनीले त्यसको बजार मूल्य बढाउनुपर्ने हुन्छ जसले यसको मूल्य ३ गुणासम्म बढ्ने विश्लेषकहरुको अनुमान छ ।

अमेरिका चीन युद्धले आइफोनको मात्र नभई अन्य मोबाइल फोनहरुको पनि लागतमा वृद्धि हुन सक्नेछ । हाल चीनमा निर्माण हुने मोबाइल फोनका कम्पोनेन्टहरुको पेटेन्ट कतिपय अमेरिकी कम्पनीहरुसँग रहेको र त्यो अमेरिकामा पनि दर्ता भएको हुँदा पनि त्यसले समस्या पार्न सकिने अनुमान गरिएको छ । यदि त्यस्तो भएमा अन्य ब्राण्डका मोबाइल फोनहरुको मूल्य पनि सोहि अनुपातमा बढ्न सक्ने संभावना रहेको छ । एजेन्सीको साथमा