माइक्रोसफ्टको पुरानो अपरेटिंग सिस्टम चलाई रहनुभएको छ ? होस गर्नुस् ह्याकरले चोर्ला डाटा

Technology Khabar ३ जेष्ठ २०७६, शुक्रबार

माइक्रोसफ्टको पुरानो अपरेटिंग सिस्टम चलाई रहनुभएको छ ? होस गर्नुस् ह्याकरले चोर्ला डाटा

काठमाडौं ।

काठमाडौं । सफ्वेयर कम्पनी माइक्रोसफ्टले विण्डोजको पुरानो भर्सनको सफ्टवेयर प्रयोग नगर्न यूजरहरुलाई सचेत गराएको छ । कम्पनीले विण्डोजको पुरानो भर्सन सफ्टवेयर आउटअफ सर्पोट भएको भन्दै त्यसको प्रयोग हानीकारक हुनसक्ने चेतावनी दिएको छ ।

कम्पनीले यूजरहरुलाई आफ्नो महत्वपूर्ण डाटा तथा कम्प्यूटर सिस्टमलाई सुरक्षित राख्नु पहिलो प्राथमिकता भएको भन्दै पुरानो विण्डोज भर्सनले सो काम नगर्ने उल्लेख गरेको छ ।

कम्पनीले अफ्नो आधिकारिक ब्लगमार्फत पुरानो भर्सनका विण्डोज अपरेटिंग सिस्टम प्रयोगबाट साइबर आक्रमण हुनसक्ने, डाटा ह्याक हुनसक्ने लगायतको चेतावनी दिएको छ ।

कम्पनीले एक्सपी र सर्भर २००३ पहिले नै आउट अफ सर्भिस अर्थात सो सँग सम्बन्धि कुनै सेवा नदिने बताईएको छ । तर पनि विण्डोज सेभेन, एक्सपी र विण्डोज सर्भन २००३ लाई सुरक्षित पार्न केहि कदम चालिसकेको छ ।

कम्पनीकाअनुसार पुरानो विण्डोजको प्रयोगले भविश्यमा कुनैपनि भाइरसले कम्प्यूटर तथा डाटालाई हानी नोक्सानी गर्न सक्नेछ । कम्पनीले विण्डोजको अपडेटेड भर्सन प्रयोग गर्न अनुरोध गर्दै नेटवर्क लेभल अथेन्टिकेशन लागू भए पनि वा नभएपनी विण्डोज अपडेट गरिरहन सुझाव दिएको छ ।

कम्पनीले विण्डोज ८ र विण्डोज १०मा भाइरससम्बन्धि कुनै समस्या नआउने दाबी समेत गरेको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

ताजा समाचार