ह्वावेद्धारा एआईमा आधारित न्याटिभ डाटाबेस लन्च, ५० प्रतिशत बढि कार्यक्षमता

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले एआई न्याटिभ डाटाबेस लन्च गरेको छ । कम्पनीले आफ्नो एआई रणनीति तथा सन् २०१८ मा पूर्ण एआई सलुसन उपलब्ध गराउने उद्धेश्यका साथ एआई न्याटिभ डाटाबेस गाउसडिबी लन्च गरेको छ । यसका साथै कम्पनीले उच्च कार्यक्षमता भएको डिस्ट्रीव्यूसन स्टोरेज फ्यूजनस्टोरेज ८.० बुधवार बेजिंगमा लन्च गरेको छ ।

यसका साथै कम्पनीले उच्च कार्यक्षमता भएको डिस्ट्रीव्यूसन स्टोरेज फ्यूजनस्टोरेज ८.० बुधवार बेजिंगमा लन्च गरेको छ ।

यसको मुख्य उद्धेश्य भनेको डाटा प्लस इन्टेलिजेन्स स्ट्राटेजिमार्फतडाटा पूर्वाधारलाई पुर्नपरिभाषित गर्नु हो ।

ह्वावे बोर्डका कार्यकारी निर्देशक तथा आईसिटी स्ट्राटेजी एण्ड मार्केटिंग प्रेसिडेन्ट डेभिग वांगले भने, ‘मानवियता इन्टेलिजेन्ट वल्र्ड युगमा प्रवेश गरेको छ, डाटा नयाँ उत्पादकत्वलाई इन्टेलिजेन्ट बनाउनका लागि र उत्पादनको नयाँ तत्व हो । कुशल बुद्धिमानी र अभिसूचित डाटाबेसहरु वित्तीय, सरकार र टेलिकम उद्योगहरुको मुख्य डाटा आधारभूत संरचना हुनेछ ।’

पूर्णतया जोडिएको, बुद्धिमानी संसार निर्माण गर्न प्रतिबद्ध रहेको ह्वावे आईसिटी पूर्वाधार र स्मार्ट उपकरणहरुको एक प्रमुख योगदानकर्ता कम्पनी भएको उल्लेख गरेको छ ।

यसले ग्राहकहरु, सहकर्मीहरुका साथमा आविश्कारीक कार्यहरु गर्दै खुलापन, सहकार्य र शेयर्ड सक्सेसरको सिद्धान्तसहित डाटा उद्योगको इकोसिस्टम बनाउन सहयोग गर्ने बताईएको छ ।

कम्पनीले गाउसडिबीलाई विश्वको पहिलो एआई न्याटिभ डाटाबेस भएको दाबी गरेको छ । गाउसडिबी अग्रगामी डाटाबेसको पूर्ण जीवनचापमा एआई क्षमताहरु समावेश गर्ने, त्यसलाई आफैंले अब्जरभेसन र मनिटर गर्ने, आफैँ ट्यूनिंग गर्ने, सेल्फ आत्म निदान र आत्म संभव बनाउन सक्षम छ ।

अनलाइन एनालाईटिकल प्रोसेस, अनलाइन ट्रान्जेक्सन प्रोसेस र ट्रान्सजेक्सन/एनालाइटिकल प्रोसेस सिनारियोमा गाउसडिबीले उद्योगकै पहिलो रिइन्फोर्समेन्ट लर्निंग सेल्फ ट्यूनिंग अल्गोरिदमको सिद्धान्त प्रयोग गर्दछ, जसले ट्यूनिंग परफरमेन्सलाई ६० प्रतिशत भन्दा बढि सुधार गर्ने कम्पनीे उल्लेख गरेको छ ।

यसले कम्यूटिंगको विविधिकरण शक्तिको उपयोग गरेकोछ, जसमा एक्स८६, एआरएम, जीपीयू र एनपीयू कम्यूटिंग रहेका छन् । टिपिसी–डिएस बेन्चमार्क परिक्षणमा गाउसडिबी कार्यक्षमताको आधारमा पहिलो स्थानमा आएको छ, जसले उद्योगको औसतभन्दा ५० प्रतिशत बढि कार्यक्षमता प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।