अमेरिकाको सान फ्रान्सिस्कोकाे सरकारी निकायमा फेसियल रिकोग्निसन टेक्नोलाेजी प्रतिबन्ध

काठमाडौं । अमेरिकी शहर सान फ्रान्सिस्कोले सरकारी एजेन्सीहरुमा फेसियल रिकोग्निसन टेक्नोलोजी प्रयोग गर्नका लागि प्रतिबन्ध लगाउन भोट गरेको छ ।

सो शहरको बोर्ड अफ सुपरभाइसरहरुले हालै बहुमतले भोट गर्दै फेसियल रिकोग्निसन टेक्नोलोजी प्रयोगमा प्रतिबन्ध लगाउने कानून पास गरेका छन । सो भोटिंग पछि सरकारी एजेन्सीहरु, कानून लागू गर्ने संस्थाहरुले सो टूल प्रयोग गर्न पाउने छैनन् ।

त्यसैगरि सो अर्डिनान्सअनुसार सिटी एजेन्सीहरुले प्रयोग गर्ने सर्भिलेन्ज टेक्नोलोजीको प्रयोगमा पनि पूर्व अनुमति लिनुपर्नेछ । यसअघि नै प्रयोगमा आएका त्यस्ता प्रविधि तथा उपकरणहरु भने अडिट गराउनुपर्ने प्रावधान लागू गरिएको छ ।

यो प्रतिबन्ध पछिल्ला दिनहरुमा फेसियल रिकोग्निसन टेक्नोलोजीलाई प्रतिबन्ध गर्नुपर्ने आवाज आईरहेको बेलामा लागू भएको छ । यसले द्रूतगतिमा मानिसहरु पहिचान गर्न उपयोग हुनसक्ने र अमेरिकी नागरिक अधिकार तथा स्वतन्त्रतामा प्रश्न उठने भन्दै प्रतिबन्ध गर्न माग भईरहेको छ ।

अमेरिकाका अन्य राज्य तथा शहरहरुमा पनि फेसियल रिकोग्निसन टेक्नोलोजीलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज आईरहेको बेला सान फ्रान्सिस्कोको उदाहरण दिँदै यस्तै कानूनहरु आउनेसक्ने बताईएको छ ।

बोर्डका प्रमुख सुपरभाइजर एरोन पेस्किनले यो एन्टि टेक्नोलोजी पोलिसी नभई सर्भिलेन्स टेक्नोलोजीलाई उत्तरदायी बनाउन खोजिएको बताएका छन् । उनले फेसियल रिकोग्निसन टेक्नोलोजीलाई विशेषरुपमा खतराजनक र दमनकारी प्रकृतीको भएको स्पष्ट पारे ।

Leave a Reply