ओपोद्वारा रमजान अफर घोषणा, ए७ र एथ्रीएसको मूल्य घटायो, ५ हजार रुपैयाँसम्म सस्तो

Technology Khabar १ जेष्ठ २०७६, बुधबार

ओपोद्वारा रमजान अफर घोषणा, ए७ र एथ्रीएसको मूल्य घटायो, ५ हजार रुपैयाँसम्म सस्तो

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६ जीबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो ।

रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमशः २७ हजार ९९० रुपैँया र १५ हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछन् । यसअघि यी दुई स्मार्टफोनहरुको मूल्य क्रमशः ३२ हजार ९९० रुपैयाँ र १६ हजार ९९० रुपैयाँ रहेको थियो ।

अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो ।

ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्येका हुन् ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७ मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ ।

त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १ जेष्ठ २०७६, बुधबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार