लेनोभोले बनायो विश्वको पहिलो फोल्डेबल ल्यापटप, सन् २०२० सम्म बजारमा ल्याउने

Technology Khabar ३१ बैशाख २०७६, मंगलवार

लेनोभोले बनायो विश्वको पहिलो फोल्डेबल ल्यापटप, सन् २०२० सम्म बजारमा ल्याउने

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनहरुमा फोल्ड गर्न मिल्ने स्मार्टफोनको चर्चा निकै भईरहेको छ । सामसंग र ह्वावेले प्रयोग गर्न सकिने गरि नै फोल्डेबल स्मार्टफोन लन्च गरेपछि त्यसप्रति निकै उत्सुकता जागेको छ ।

यसका साथै विभिन्न कम्पनीहरुले फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेका छन् । तर अहिले भने फोल्डेबल फोन नभई फोल्डेबल ल्यापटप आएको छ ।

लेनोभोले विश्वको पहिलो फोल्डेबल पर्सनल कम्यूटरको घोषणा गरेको छ । हाल कम्पनीले त्यसको प्रोटोटाइप तयार पारेको छ,जून थिंकप्याडको नाममा आउनेछ ।

नोभोले यो फोल्डेबल ल्यापटप तयार पार्न ३ वर्ष लगाएको छ र आगामी सन् २०२० मा यसलाई बजारमा प्रयोग गर्न सकिने किसिमले उपलब्ध गराउने योजना लिएको छ । कम्पनीले यसलाई आफ्नो प्रिमियम थिंकप्याड एक्स१ ब्राण्डमा लन्च गर्नेछ ।

कम्पनीहरुले फोल्डेबल फोन नियमित फोनको रुपमा ल्याएर त्यसलाई ठूलो रुपमा बनाउने तयारीमा छन भने लेनोभो पहिले ठूलो साइजको पर्सनल कम्यूटर बनाएर त्यसलाई सानो बनाउँदै जाने योजनामा रहेको बताईएको छ ।

फोल्डेबल ल्यापटपमा १३।३ इन्चको ४ः३ टूके ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ, जुन फोल्ड गर्दा हार्डकभर भएको किताबको साइजमा आउँछ । कम्पनीले यसको तौल २ पाउण्डभन्दा पनि कम रहेको बताएको छ ।

यो ल्यापटपमा कुन हार्डवेयर प्रयोग गरिएको छ भन्ने कम्पनीले जानकारी दिएको छैन् । तर पनि यो विण्डोजमा आधारित छ भने इन्टेलको सिपीयू प्रयोग गरिएको छ ।

लेनोभोले यो फोल्डेबल ल्यापटप विभिन्न किसिमले प्रयोग गर्न सकिने उल्लेख गरेको छ । यदि फूल साइजको डिस्प्ले चाहिएमा यसलाई ट्याबलेटको रुपमा प्रयोग गर्न सकिनेछ भने यसलाई फोल्ड गरे ल्यापटपको रुपमा पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरि यसलाई टेबलमा डिस्प्लेको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

यो ल्यापटपमा डिजिटल कीबोर्ड रहेको छ, जून यसअघिको लेनोभो योगा बुक्समा भएको जस्तै छ । यसको ब्याट्री पावर एक दिनभर प्रयोग गर्न सकिने किसिमको रहेको कम्पनीले जानकारी दिएको छ ।एजेन्सी

Global Bank
easy care

प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

ताजा समाचार