पार्क गरिराखेको टेस्लाको इलेक्ट्रिक कारमा आगो लाग्यो

Technology Khabar ३१ बैशाख २०७६, मंगलवार

पार्क गरिराखेको टेस्लाको इलेक्ट्रिक कारमा आगो लाग्यो

काठमाडौं ।

काठमाडौं । टेस्लाको इलेक्ट्रिक कारमा आगो लागेको छ । हंगकंगमा रहेको एक सपिंग मलको पार्किंगमा राखिएको कारमा आगो लागेको हो ।

हंगकंगको एप्पल डेली न्यूजपेपरकाअनुसार सो घटनामा कोईपनि घाईते भएका छैनन् ।

टेस्लाको इलेक्ट्रिक कार पार्किंगमा राखेको करिब ३० मिनेटपछि आगो लागेको बताईएको छ । सिसिटिभी फुटेजमा ३ पटक बिस्फोट भएको देखिएको रिपोर्टमा उल्लेख छ ।

यो आगो निभाउन फायरम्यानलाई ४५ मिनेट लागेको थियो । टेस्लाको मोडल एस ८५ किलोवाटहावर ड्यूल पावर भर्सनको गाडिमा सो आगो लागेको हो । तर आगो लाग्नुको कारण भने अझै थाहा हुन सकेकोछैन् ।

तीन साता अगाडि मात्रै टेस्लाले चिनियाँ सामाजिक संजालमा आएको एउटा भिडियोमा देखिएको पार्क गरिराखेको टेस्लाको मोडल एस कारमा आगो लागेको विषयमा अनुसन्धान गर्न टिम पठाएको बताएको थियो । सो घट्ना भने चीनको सांघाईमा भएको थियो ।

इलेक्ट्रिक कारमेकल टेस्लाले पेट्रोलमा आधारित कारहरुभन्दा इलेक्ट्रिक कारहरु १० प्रतिशत आगो लाग्नेमा सुरक्षित हुन्छन् ।

सन्२०१३ देखि अहिलेसमम करिब १४ वटा टेस्लाको इलेक्ट्रिक कारहरुमा आगो लागिसकेको छ ।

easy care

प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार