खर्च घटेपनि नेपाल टेलिकमको नाफा बढेन, ओटिटि सेवा र इन्टरकनेक्सन मुख्य कारक

Technology Khabar ३१ बैशाख २०७६, मंगलवार

खर्च घटेपनि नेपाल टेलिकमको नाफा बढेन, ओटिटि सेवा र इन्टरकनेक्सन मुख्य कारक
फाइल
Global IME Bank

काठमाडौं ।

काठमाडौ । नेपाल टेलिकमले चालू आर्थिक बर्सको तेस्रो त्रैमासिकसम्ममा १० अर्ब ७६ करोड ३३ लाख रुपैया आम्दानी गरेपनि नाफामा भने करिब २ अर्बले कमी आएको छ ।

कम्पनीले मङलबार प्रकाशित गरेको चालू आर्थिक बर्षको अपरिस्कृत आर्थिक विवरणअनुसार आम्दानीको आकारका साथै खुद नाफा पनि करिब १८ प्रतिशतले घटेको देखिएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानी ११ अर्ब ४८ करोड रुपैयाँ थियो ।

तर यो बिचमा कम्पनीले आफ्नो खर्च घटाउन भने सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिकमा अघिल्लो बर्षको तुलनामा १ अर्ब ४१ करोड रुपैया खर्च घटाएको छ । वित्तिय विवरणअनुसार चालू आवको चैतसम्म कम्पनीको खर्च ४ अर्ब २८ करोड रुपैयाँमा झरेको छ जुन अघिल्लो पटक ५ अर्ब ६९ करोड रहेको थियो।

तेस्रो त्रैमासिकमा कम्पनीले ३ अर्ब ६४ करोड रुपैया खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा अघिल्लो समीक्षा अवधिमा ४ अर्ब ३७ करोड रुपैया थियो ।

कम्पनीले बजार प्रतिस्पर्धा, टेलिकम प्रविधिहरुमा तिब्र र अत्याधुनिक विकास, अवैध अन्तराष्ट्रिय कल, ग्राहकहरुको स्वाद र अभिरुचीमा परिवर्तन, तथा वैदेशिक रोजगारी दरमा आएको कमी प्रमुख कारण तथा समस्याको रुपमा उल्लेख गरेको छ ।

कम्पनीले पछिल्लो दिनहरुमा ओटिटि सेवाहरुमा भएको वृद्धि तथा इन्टरकनेक्सन व्यवसायमा नकारात्मक असर परेको हुँदा आम्दानीमा कमी आएको उल्लेख गरेको छ। त्यसैगरि छुट मूल्यमा रिचार्ज कार्ड बिक्री गर्नुले पनि यसको नाफा तथा आम्दानीमा असर पारेको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार