बिटक्वाइनको मूल्य बिगत ९ महिनापछि पहिलोपटक ७ हजार डलर माथि

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य विगत ९ महिनाकै उच्च भएको छ । सन् २०१९ मा बिटक्वाइनले पहिलो पटक ७,००० अमेरिकी डलर पार गरेको छ ।

बिटक्वाइनले १.१ प्रतिशतको वृद्धि हासिल गर्दै ७,०५६ डलरसमम्म बिट्स्याम्प एक्सचेन्जमा कारोबार भएको छ । गएको शनिवार यो १४ प्रतिशत बढेको थियो । यो वर्ष बिटक्वाइनको दोस्रो ठूलो वृद्धि हो भने गएको अगस्टपछिको सबैभन्दा ठूलो मूल्य हो ।

विश्लेषक तथा कारोबारकर्ताहरुले कुनै तत्कालको समाचार प्रभावले गर्दा यो परिमाण नभएको दाबी गरेका छन् ।

लण्डनमा अवस्थित क्रिप्टोकरेन्सी ब्रोकर ग्लोबलब्लकका डेभिड थोमसकाअनुसार गत साताको ६ हजार अमेरिकी डलर मूल्यको प्रभावले गर्दा लगानीकर्ताहरुले रुची देखाउँदा मूल्य बढेको बताए ।

अन्य बजार लगानीकर्ताहरुले भने गत साताको ४० मिलियन अमेरिकी डलरको बिटक्वाइन मूल्य बाइनान्स एक्सचेन्जबाट भएको चोरीले हुँदा सेन्टिमेन्ट पाएको बताएका छन् ।

बिटक्वाइन यो वर्ष करिब करिब दोब्बरले मूल्य वृद्धि भएको छ । तर सन २०१८ मा भने बिटक्वाइनको मूल्यमा निकै उतारचढाव आएको थियो । रोयटर्स

Leave a Reply