साओमीले भारतमा भेण्डिंग मेशिनमार्फत स्मार्टफोन बिक्री गर्ने

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले भारतमा पहिलो पटक भेण्डिंग मेसिनद्धारा स्मार्टफोन बिक्री गर्न शुरु गरेको छ ।

कम्पनीले हालै साओमीका स्मार्टफोनहरु तथा एसेसरिज भेण्डिंग मेसिनमार्फत किन्न सकिने सुविधा शुरु गरेको छ ।

साओमीले भारतमा एमआई एक्सप्रेस किओस्क (Mi Express Kiosk) लन्च गर्दै भेण्डिंग मेसिनबाट स्मार्टफोन किन्न सकिने सुविधा दिएको हो । भारतमा भेण्डिंग मेशिनमार्फत स्मार्टफोन र एसेसरिज बेच्ने पहिलो कम्पनी हुन साओमी सफल भएको छ । सो एमआई एक्सप्रेस किओस्कको शुरुवात साओमीका सिईओ ली जून तथा भाइस प्रेसिण्डेन्ट मनुकुमार जैनले गरे ।

एमआई एक्सप्रेस किओस्कमाट ग्राहकहरुले सिधै स्मार्टफोनहरु तथा एसेसरिज किन्न सक्नेछन् । सो भेण्डिंग मेसिनमा नगद, डेविट कार्ड, क्रेडिट कार्ड तथा यूपीआईमार्फत सामाग्रीहरु किन्न सकिनेछ ।

‘भेण्डिंग मेसिनको शुरुवात कम्पनीले उपभोक्ताहरुसम्म सिधै पहुँच बढाउन इनोभेटिभ तरिका विकास गरेको हो । यसले अपरेशनल कस्ट कम हुनेछ र ग्राहकहरुलाई सुलभ मूल्यमा उत्पादन दिन सकिनेछ,’ साओमी इण्डियाले भनेको छ ।

साओमीकाअनुसार एमआई एक्सप्रेस किओस्क सार्वजनिक स्थानहरुमा उपलब्ध हुनेछ, जसमा मेट्रो स्टेशन, एयसपोर्ट, सपिंग मललगायत छन् ।

एजेन्सी