सामसंङ ग्यालेक्सी ए२ कोर नेपाली बजारमा, ९ हजार ३९० रुपैयाँमा बजेट स्मार्टफोन

काठमाडौं । सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजअन्तर्गत नेपाली बजारमा ग्यालेक्सी ए २ कोर (Galaxy A2 Core) प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी ए२ कोर ल्याएको हो ।

‘हामी हाम्रा सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध छौ जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकता पूर्ण गरोस् । ग्यालेक्सी ए २ कोर ले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने छ जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ,’ सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

फोनमा ५४०X९६० पिक्सेल तथा १६ः९ को एस्पेक्ट रेसियोका साथमा ५ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।

फोटोग्राफीका लागि फोनमा ५ मेगापिक्सेको रियर क्यामराका साथै सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा सामसंगको एक्सनोज ७८७० अक्टाकोर प्रोसेसर रहेको छ भने फोनमा १ जीबी र्यामका साथमा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन समेत सकिन्छ ।

एन्ड्रोयड ओरियोमा आधारित एन्ड्रोयड गाे एडिसनमा संचालन हुने यो स्मार्टफोनमा २६०० एमएएचको ब्याट्री प्याक रहेको छ भने १.५ एक्स भिडियो प्लेब्याकको सुविधा रहेको छ ।

सामसंग ग्यालेक्सी ए २ कोर स्मार्टफोन ब्लू, डार्क ग्रे र गोल्ड कलर अप्सनमा उपलब्ध रहेको छ जसको बजार मूल्य ९ हजार ३ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Leave a Reply