अब ४५ किमी परबाट फोटो खिच्न सकिने, अनुसन्धानकर्ताले विकास गरे नयाँ क्यामरा प्रविधि

Technology Khabar ३० बैशाख २०७६, सोमबार

अब ४५ किमी परबाट फोटो खिच्न सकिने, अनुसन्धानकर्ताले विकास गरे नयाँ क्यामरा प्रविधि

काठमाडौं ।

काठमाडौं । चीनका एक अनुसन्धानकर्ताले लामो दूरीबाट पनि फोटो खिच्न सकिने क्यामराको विकास गरेका छन् ।

हालको परम्परागत फोटो क्यामराहरुको दूरी केहि मिटरसम्म मात्र रहन्छ भने फोटो खिच्दा त्यसवरपरको अवस्था र वातावरणले पनि असर पार्दछ । तर हालै विकास गरिएको क्यामरामा भने कुनैपनि वातावरणिय प्रभावले असर पार्नेछैन भने निकै लामो दूरीबाट फोटो खिच्न सकिन्छ ।

चीनियाँ बैज्ञानिकले विकास गरेको सो क्यामराले १ वा २ किलोमिटरमात्र नभई ४५ किलोमिटरको दूरीबाट पनि सजिलै फोटो खिच्न सकिन्छ ।

आर्टिफिशियल इन्टेलिजेन्समा आधारित सो क्यामरामा लाइट डिटेक्सन एण्ड रेजिंग टेक्निकको पनि प्रयोग गरिएको छ । सो क्यामराले मानिसको आकारसम्मको तस्विर खिच्न सक्ने बताईएको छ । सांघाईमा रहेको यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका अनुसन्धानकर्ता जेन पिंग ली तथा उनको समूहले ओपन सोर्स जर्नल आरशिभमा प्रकाशित भएको पेपरकाअनुसार यो क्यामरा टेक्नोलोजी धुवाँ र प्रदुशणबाट प्रभावित हुँदैन् । लेजर तथा स्मार्ट एआई सफ्टवेयरको सहयोगबाट यो क्यामराले आकर्षक फोटो खिच्न सकिनेछ ।

सो क्यामरा प्रविधिमा लाइट डिटेक्सन तथा रेंजिंथ प्रविधिको प्रयोग गरिएको छ जून पहिले कयौं क्यामराहरु तथा इमेजिंग प्रविधिमा प्रयोग गरिसकिएकोछ । अनुसन्धानकर्ताहरुकाअनुसार यसमा गेटिंग सफ्टवेयरको प्रयोग गरिएको छ, जसले अब्जेक्ट र क्यामराका बीचमा आउने अन्य वस्तुहरुद्धारा छोडेको फोटोनलाई ध्यान दिँदैन् ।
रिपोर्टअनुसार यो क्यामराले अब्जेक्टको दूरी पत्ता लगाउनका लागि लेजरको प्रयोग गर्दछ भने लाइट अब्जेक्टसँग ठोक्किएर क्यामरासम्म आउन कति समय लिन्छ भन्ने पनि जानकारी दिनेछ ।

एमआईटी टेक्नोलोजी रिभ्यूको रिपोर्टअनुसार यो क्यामराले १५५० नानोमिटर वेभलेन्थ भएको इन्फ्रारेड लेजर प्रयोग गर्दछ । यो वेभलेन्थले केवल क्यामरालाई प्रयोग गर्न सुरक्षित बनाउनुका साथसाथै फोटोलाई सोलार फोटोन्सद्धारा पन िबचाउँछ, जसले अधिकांश समयममा क्यामराको रिजोल्यूशत तथा फोटो क्वालिटीलाई प्रभावित गर्दछ । यो नयाँ टेक्नोलोजीले एआई सिस्टमका साथमा उत्कृष्ट परिणाम दिन्छ ।

रिपोर्टअनुसार क्यामराले एक नयाँ अल्गोरिदम पनि प्रयोग गर्दछ जसको सहयोगबाट जम्मागरिएको डाटा मिलाएर एक तस्विर तयार गरिन्छ ।

यो टेक्नोलोजीयुक्त क्यामरा केवल जुत्ता राख्ने बक्सको आकारको छ र यसलाएई साना एयरक्राफ्ट वा मानवरहित यानहरुमा पनि जोड्न सकिन्छ ।

अनुसन्धानकर्ताहरुले सांघाईको चोंगमिंग आइल्याण्डको एक भवनको २० औं तल्लामा क्यामरा सेटअप गरेर उनीहरुलो त्यसलाई पुडोंग सिभिल एभिएसन भवनमा लक्षित गरेका थिए । जून नदिको अर्को भागमा थियो र बिचको दूरी करिब ४५ किलोमिटरको थियो ।

स्रोत

easy care

प्रकाशित: ३० बैशाख २०७६, सोमबार

ताजा समाचार