अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

Technology Khabar २९ बैशाख २०७६, आईतवार

अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं ।

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार गरी दुई दिन सो सम्मेलन सम्पन्न भएको थियो । पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयको हलमा आयोजना भएको सम्मेलनमा एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोल्यान्ड शिर्षकमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

१५० जनाको सहभागिता रहेको सो दुई दिने सम्मेलनको पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

Global Bank
easy care

प्रकाशित: २९ बैशाख २०७६, आईतवार