यी विषयहरुमा ध्यान दिनुस, मोबाइल फोन अट्याक वा डाटा ह्याक हुनबाट बच्नुस्

Technology Khabar २८ बैशाख २०७६, शनिबार

यी विषयहरुमा ध्यान दिनुस, मोबाइल फोन अट्याक वा डाटा ह्याक हुनबाट बच्नुस्
प्रतिकात्मक

काठमाडौं ।

काठमाडौं । मोबाइल फोनमा मानिसहरु व्यस्त हुन थालेसँगै विभिन्न किसिमको डाटा चोरी र ह्याकिंगको विषयपनि बढिरहेको छ । मानिसहरु मोबाइल नियमित प्रयोग गरेपनि कसरी त्यसको सुरक्षा गर्ने भन्ने विषयमा भने अझैपनि सचेत छैनन् ।

फोनमा भएका एप्स, फीचर्स, नयाँ ब्राउजर, वेबसाइटहरुमार्फत फोनबाट विभिन्न किसिमका जानकारीहरु चोरी हुनसक्ने संभावना रहन्छ । जसले यूजर्सको रकम चोरी हुने अत्यन्त गोप्य जानकारीहरु लीक हुनेलगायतका समस्या हुने गर्दछ । तर यसबाट बच्नका लागि केहि सामान्य उपायहरु लगाएमा सुरक्षित हुन सकिन्छ ।

यहाँ हामी तपाईँहरुलाई सामान्य तरिकाहरुको बारेमा जानकारी दिँदैछौ जसले मोबाइलमा हुने ह्याकिंग, अट्याकलाई रोक्न सक्नेछ ।

वाईफाई

  • कहिले पनि कुनै नचिनेको नेटवर्कसँग आफ्नो फोनलाई कनेक्ट नगर्नुस् ।
  • यदि वाईफाईको प्रयोग गर्नुभएको छैन भने मोबाइलको वाईफाईलाई अफ गर्नुस्
  • कहिले पनि वाईफाईमार्फत कुनै निजी जानकारी जा डाटाहरु शेयर नगर्नुस जसले भविश्यमा असर पुयाउने संभावना होस् ।

एप्स

  • अफिशियल एप्सको मात्र प्रयोग गर्नुस्
  • कहिले पनि कुनै ब्राउजरबाट मनलाग्दोसँग एप डाउनलोड नगर्नुस
  • एप्स डाउनलोड गर्नु पहिले त्यसको रिभ्यू हेर्नुहोस
  • सँधै प्रयोग गरिने एप्सलाई अपडेट गरिरहनुहोस
  • यदि तपाईँको एप स्टोरले सो एप सपोर्ट गर्दैन भने त्यसलाई डिलीट गरिदिनुस्
  • एप्सलाई डाउनलोड गर्नका लागि कुनैपनि व्यक्तिगत विषयको अनुमति नदिनुस । उदाहरणको लागि एप्सहरुले तपाईँको फोनमा भएका विभिन्न जानकारीहरु माग्न सक्छन र त्यसको लागि अनुमति दिन अनुरोध गर्न सक्छन् ।

ब्राउजर

  • ब्राउजरमा हुने केहि विज्ञापनहरुमा ध्यान दिनुस् । किनकी यस्ता विज्ञापनहरु हेर्दा सहि भएपनि त्यसमा क्लिक गर्दा तपाईँको एकाउन्टबाट रकम वा जानकारीहरु चोर्न सक्दछन् ।
  • यूआरएलमा सँधै ध्यान दिनुस्, सुरक्षित वेबसाइटहरु मात्र प्रयोग गर्नुस
  • वेब ब्राउजरको प्रयोग गरिरहनुभएको छ भने कहिले पनि आफ्नो लगइनलाई त्यहाँ सेभ नगर्नुस ।

ब्लूटूथ

  • मोबाइल फोनमा अटोमेटिक ब्लूटूथ पेयरिंगलाई सँधै बन्द गर्नुस्
  • आवश्यकता भएको बेलामा मात्र त्यसलाई अन गर्नुस् ।
  • ब्लूटथ कनेक्सनमा आफ्नो फोनलाई नदेखिने बनाउनुस

एसएमएस

  • तपाईँको जानकारी माग्ने एसएमएसहरु आएका छन भने त्यसलाई डिलिट गर्नुस
  • सँगै एप्स, फेसबुक म्यासेन्जर, इन्टाग्राम र अन्य सोसल मिडिया प्लेटफर्महरुबाट आएका म्यासेजहरुमा ध्यान दिनुस्
  • म्यासेजमा क्लिक गर्नुभन्दा पहिले त्यो कस्तो किसिमको म्यासेज हो भन्ने हेर्नुस् ।
  • मोबाइल नेटवर्कबाट आउने अनावश्यक मेसेजहरु जसमा क्लिन गर्न वा सहयोग गर्न भनिएको हुन्छ, त्यस्ता नम्बरहरुलाई ब्लक गर्नुस

फिसिंग-भ्वाइस फिशिंग

  • टेलीफोन कल, इमेल रिक्वेस्टमा शंका भएमा त्यसलाई रोक्नुस् । नचिनेको मानिस वा कम्पनीले तपाईँको व्यक्तिगत जानकारी मागेमा कहिले नदिनुस
  • नचिनेको स्थान वा व्यक्तिबाट आएका इमेलहरु कहिले पनि नखोल्नुस् र त्यस्ता इमेल एकाउन्टहरुलाई ब्लक गर्नुस
  • नक्कली वेबसाइटहरुबाट बच्नकोलागि उपलब्ध सफ्टवेयरहरु राख्नुस्
  • मोबाइल फोनका लागि उपलब्ध आधिकारिक र थाहा पाएका कम्पनीहरुको मात्र एन्टिभाइरस एप्सहरु राख्नुस् ।
easy care

प्रकाशित: २८ बैशाख २०७६, शनिबार